Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

निशुल्क उपचार गराईदिन गरिब बिरामी खोज्दै हिड्छन् यी चिकित्सक

$
0
0

एजेन्सी, २२ जेठ । महाराष्ट्रस्थित पुणेकाका चिकित्सक अभिजीत सोनवाने गरिब र भिखारीहरुको बीच एकदमै चर्चित छन् । यी चिकित्सक त्यस्ता गरिब तथा भिखारीहरुको निशुल्क उपचार मात्र गर्दैनन् उनीहरुलाई औषधी पनि निशुल्क बाँड्छन् ।

उनी कुनै विशेष अवसरमा होइन दैनिक यस्तो कार्य गर्छन् । उनी दैनिक औषधी आफ्नो बाकसमा राखेर बिरामी भिखारीहरुको खोजीमा निस्कनछन्  र भेटिएको खण्डमा उपचार गरिदिन्छन् ।

डा. सोनवाने भन्छन्, ‘म सधै बिरामी वृद्धहरुसँग भेटघाट गर्छु  र उनीहरुको परिवारलाई जिम्मा लगाउँछु । म औषधीहरु साथै लिएर हिडँछु र आवश्यक भएकालाई निशुल्क दिन्छु ।’

उनी आइतबारबाहेक अन्य सबै दिन बिहान १० देखी दिनको तीन बजेसम्म यही सत्कार्यमा जुट्छन् ।

उनी ती विमारीहरुको उपचार गर्नु अलावा उनीहरुसँग कुराकानी गर्छन् र निकट सम्बन्ध स्थापित गर्छन् । उनी ती गरिबहरुलाई भिख माग्न छोडेर साना तिना काम काज गर्न पनि सल्लाह र प्रोत्साहन दिन्छन् ।

The post निशुल्क उपचार गराईदिन गरिब बिरामी खोज्दै हिड्छन् यी चिकित्सक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles