चितवन, २० जेठ । विगत पाँच महिनादेखि तलब नपाएपछि भरतपुर महानगरपालिकाका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेका छन् । महानगरपालिका कार्यरत १ सय ४ जना कर्मचारीले माघदेखि तलब नपाएको भन्दै आन्दोलित भएका हुन् ।
पाँच महिनादेखि तलब नदिएपछि बाध्य भएर संघर्षमा उत्रनुपरेको उनीहरुको गुनासो छ । उनीहरुले थप कडा आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।
The post पाँच महिनादेखि तलब नपाएपछि भरतपुर महानगरपालिकाका स्वास्थ्यकर्मी आन्दोलित appeared first on Sajha Post.