Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

वास फोरमद्वारा झाडापखाला प्रभावित क्षेत्रको अनुगमन

$
0
0

दाङ, १८ जेठ । खानेपानी सरसफाइ स्वच्छता मञ्च (वासफोरम) ले झाडा पखाला प्रभावित क्षेत्र तथा खानेपानीको मुहानको अवस्थाबारेमा अनुगमन गरेको छ ।

अनुगमनकाक्रममा खानेपानीको मुहान, खानेपानीको टयाङकी, खानेपानी समितिका पदाधिकारी तथा उपभोक्ताहरुसंग छलफल गरेको छ । खानेपानीको मुहान सुरक्षीत नरहेको वास फोरमका संयोजक गोविन्द्र खडकाले जानकारी दिए । पानीको मुहानमा खोलाको पानीसमेत जाने गरेको पाइएको थियो । ‘पानीको मुहान सुरक्षीत नभएको पाइएको छ’ संयोजक खड्काले बताए । मुहानमा बाहिरवाटसमेत पानी जानेको अवस्था रहेको उनको भनाइ रहेको छ ।

उक्त क्षेत्रमा दीर्घकालीनरुपमा खानेपानी समस्या देखिने अवस्था रहेको अनुगमन टोलीले जानकारी दिएको छ । दीर्घकालीनरुपमा समस्या समाधान गर्ने राज्यबाट पहल थाल्नु पर्ने अनुगमन टोलीले जनाएको छ । खोलाबाटसमेत पानी ल्याएर खानेपानी वितरण गरीएको स्थानीय बासीन्दाहरुले बताएका थिए । धमिलो खानेपानी खाए पछि आफुहरु बिरामी परेको स्थानीय देवी पौडेलले बताइन् । उक्त क्षेत्रमा केही वर्ष पहिले पनि यस्तै प्रकारको झाडा पखालाको समस्या परेको स्थानीय बासीन्दाहरुले बताएका छन् ।

खानेपानीका संरचनासमेत जीर्ण हुदै गएको माइली खानेपानी उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद बस्यालले जानकारी दिए । जीर्ण संरचना मर्मत संभार तथा नयाँ निर्माणका लागि सहयोग आवश्यक रहेको उनको भनाइ रहेको छ । आफुहरुसंग टंयाङ्कीकोसमेत समस्या रहेको बस्यालको भनाइ रहेको छ । अहिले झाडापखाला नियन्त्रणमा आइ सकेको स्थानीय बासीन्दाहरुले बताएका छन् । उनीहरुलाइ पानी उमालेर खानसमेत खानेपानी समितीले आग्रह गरेको छ । अनुगमनमा वास फोरमका सदस्य अमरराज आचार्य, गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, सैघाली खवर डट कमका सञ्चालक यादव सैघाली लगायतको सहभागिता रहेको थियो ।

The post वास फोरमद्वारा झाडापखाला प्रभावित क्षेत्रको अनुगमन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles