Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

गर्मीको राजा भिन्डी, यस्ता छन् फाइदाहरु

$
0
0

एजेन्सी, १६ जेठ । स्वादको दृष्टिले भिन्डीको सब्जी त्यत्ति उत्कृष्ट मानिंदैन तर स्वास्थ्यका लागि यसको फाइदा धेरै छन् ।

भिन्डीमा भरपूर पोषक तत्व पाइन्छ । यसमा क्याल्सियम, आइरन, जिंक, पोटेसियम, एन्टी-अक्सिडेन्ट्स पाइन्छ । यी तत्वहरुले शरीरको पूर्ण विकासमा मद्दत पुर्‍याउँछ ।

अफ सिजनको भिन्डी बाह्रै महिना बजारमा पाइए पनि त्यसको स्वाद भने गर्मी महिनामा मात्र हुन्छ । गर्मीमा मानिसहरु चाढै थाक्ने गर्छन् । त्यसको कारण भनेको रगतमा लैक्टिक एसिड र अन्य केमिकलहरुको स्तर बढ्नु हो । तर, भिन्डीमा भएको पोषक तत्वले त्यस्ता केमिकलहरुको स्तरलाई नियन्त्रण गर्छ र शरीरमा थकान कम हुन्छ ।

शरीरको तौल बढेर यदि तपाई चिन्तित हुनुहुन्छ भने भिन्डीले तपाईलाई यो समस्याबाट छुटकारा दिन्छ । भिन्डीमा डायटरी फाइबर हुन्छ जसले लामो समयसम्म तपाई पेट अघाएको महसुस हुन्छ । यस्तोमा तपाईले अतिरिक्त क्यालोरी लिनु हुन्न ।

शरीरमा कोलेस्ट्रोल लेभललाई सन्तुलन राख्न पनि भिन्डीले मद्दत गर्छ । भिन्डीमा कुनै फ्याट हुँदैन । यसको साथै यसले मेटाबोलिक डिसअर्डरलाई पनि ठीक गर्न मद्दत गर्छ ।

The post गर्मीको राजा भिन्डी, यस्ता छन् फाइदाहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles