भक्तपुर, १३ जेठ । मानसिक रोगको औषधि सेवन गरिरहेको एक युवकको मिर्गौला झिकेर आफूलाई प्रत्यारोपण गर्ने एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
प्रहरीले मोरङ विराटनगर उपमहानगरपालिका–१ स्थायी घर भई हाल भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
गत वैशाख १० गते भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा काभ्रेपलाञ्चोक साविक टुकुचा गाविस वडा नं ९ घर भई हाल बनेपा नगरपालिका–२ बस्ने २९ वर्षीय कुमार गिरीलाई झुक्याएर मिर्गौला निकाली अभियुक्त बस्नेतलाई प्रत्यारोपण गरिएको थियो ।
मिर्गौला प्रत्यारोपण गर्दा आफन्तभित्रको पनि नाता प्रमाणितलगायतको कागजपत्र पेश गर्नुपर्नेमा मिर्गौला चोरी निकासी गर्ने गिरोहले नक्कली कागजपत्र पेश गरी मिर्गौला झिकेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
डर, धम्की, त्रास र प्रलोभनमा पारेर पत्थरीको शल्यक्रिया गर्ने भन्दै मिर्गौला झिकेको पीडतले जनाएका छन् ।
The post मानसिक रोगीलाई झुक्याएर मिर्गौैला चोरी appeared first on Sajha Post.