Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

इबोला रोकथामका लागि आपतकालिन विज्ञ टोली तैनाथ

$
0
0

एजेन्सी, ३१ वैशाख । गणतान्त्रिक कंगो र संयुक्त राष्ट्रसंघीय एजेन्सीले इबोला हैजालाई रोक्न सप्ताहन्तबाट विशेषज्ञहरुको आपतकालिन टोली कंगोमा तैनाथ गर्न सुरु गरेको आइबार बताएको छ ।

कंगोबाट पुनः यो हैजाले टाउको उठाएको छ । गणतान्त्रिक कंगोको उत्तरपश्चिम शहर बिकोरोमा इबोला भाइरस फैलिएको समाचारहरु बाहिर आएसँगै यसले मस्तिष्कमा २०१४ देखि २०१६ को बीच पश्चिम अफ्रिकामा ११ हजारको ज्यान गएको र २८ हजार नागरिक संक्रमित भएको घटनाको त्रासलाई पुनः उत्पन्न गराएको छ ।

पछिल्लो चार अप्रिलदेखि कंगोमा त्यस्ता सम्भावित ३० मामिलाहरु बाहिर आएका छन् जसमा १८ जनाले ज्यान गुमाइसकेका छन् ।

इबोला कम परिणाममा शरीरका तरल पदार्थहरुबीच सम्पर्क हुँदा पनि तिब्ररुपमा फैलिन्छ ।

यो यसपटक बिकोरो शहरमा देखा परेको छ जुन कंगोको राष्ट्रिय सिमा र प्रमुख नदीको नजिकमा पर्ने बजारी क्षेत्र हो । यो फैलिन शुरु भएको स्थानलाई पनि विशेष ध्यानका साथ हेरिएको छ । बिकोरा मानिसहरुबीच व्यापार, जमघट यात्रा तथा सम्पर्क हुने क्षेत्र हो ।

यस अघि २०१४ देखि २०१६ सम्म फैलिएको इबोला हैजा पनि ग्वनियाको सिमा क्षेत्रको एउटा सानो गाउँबाट शुरु भएको थियो । ग्वनियाबाट शुरु भएको त्यो संक्रमण छिमेकी देश सेला लियोन र लाइबेरियमासम्म अनियन्त्रितरुपमा फैलिएको थियो ।

The post इबोला रोकथामका लागि आपतकालिन विज्ञ टोली तैनाथ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles