एजेन्सी, १५ चैत । क्यान्सर रोगको उपचार प्रक्रियामा वैज्ञानिकहरुले एउटा ठूलो उपलब्धि हात पारेका छन् । चिकित्सकहरुले क्यान्सर उपचारका लागि किमोथेरापी र प्रयोग हुँदै आइरहेका औषधिको विकल्प खोजेका छन्, जसले क्यान्सर कोशिकासँगै सामान्य कोशिकालाई पनि नोक्सान पुर्याउने उपचार विधिलाई विस्थापन गर्नेछ ।
वैज्ञानिकहरुले त्यसको मुसामाथि सफल प्रयोग गरेका छन् । यद्यपि यसलाई मानव शरीरमा प्रयोग गर्नका लागि केही समय लाग्न सक्ने बताइएको छ । तर पहिलो प्रयोगमै सफलता मिलेको कारण वैज्ञानिकहर एकदमै उत्साहित छन् ।
यसको सफल प्रयोग अमेरिकास्थित क्लेवल्याण्ड क्लिनिकमा ११ जना वैज्ञानिकहरुले गरेका हुन् । ११ वैज्ञानिकको नेतृत्व क्लेबल्याण्ड क्लिनिकमा क्यान्सर बायोलोजीका प्राध्यापक रहेका डा. यांग लीले गरिरहेका छन् ।
शरीरको क्यान्सर भएको भाग ट्युमर बनेपछि किमोथेरापी र औषधिले ट्युमरलाई खत्तम गर्छ । यस्तो उपचार प्रक्रियामा क्यान्सर कोशिकाका साथै अन्य सामान्य कोशिकालाई पनि हानी पुग्छ जसकारण शरीरमा नकरात्मक प्रभाव पर्छ । वैज्ञानिकहरुको टिमले उक्त अनुसन्धानमा माइक्रो आरएनए अथवा एमआईआर २१ ले सामान्य कोशिकाहरुलाई खतम पार्ने जसकारण क्यान्सर कोशिकाहरु अझ प्रभावशाली भएर जाने कुरा पत्तो लगाएका छन् ।
टिमले एमआईआर २१ को प्रभावलाई मेटाउन त्यसको एन्टी सेंस मुसामा प्रयोग गरेको थियो । एन्टी सेंस प्रयोग गरिएको मुसाको शरीरमा रहेको ट्युमर बिस्तारै सानो भएर गएर थियो भने कति ट्युमरहरु पुरै हराएका थिए । यो प्रयोग वर्षैभरी क्लेवल्याण्ड क्लिनिकमा चलेको थियो । तर हालसम्म पनि यसलाई मानव शरीरमा प्रयोग गरिरएको छैन । यसलाई व्यवहारिकरुपमा प्रयोग गर्नका लागि कम्तिमा दश वर्ष लाग्ने बताइएको छ ।
The post क्यान्सर उपचारमा नयाँ खोज, अब मेट्न सकिन्छ किमोथेरापीको प्रभाव appeared first on Sajha Post.