Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

स्वास्थ्य मन्त्रालयमा सूर्तिजन्य पदार्थ निषेध

$
0
0

काठमाडौ, १२ चैत । तपाईंको सुर्ती चुरोट खाने बानी छ ? चौबिसै घण्टा सुर्तीजन्य पदार्थ गोजीमा बोक्नुहुन्छ ?  त्यस्तो बानी छ र तपाइ स्वास्थ्य मन्त्रालय जाँदै हुनुहुन्छ भने तपाईंलाई मन्त्रालयको गेट नै राेकिदिनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कसैले पनि सूर्तिजन्य पदार्थ लान पाइनेछैन ।

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले सोमबार पत्रकारहरुसँग बोल्दैै सूर्तिजन्य पदार्थको नियन्त्रण तथा नियमनका लागि सूर्तीजन्य पदार्थमा रोक लगाइएको जानकारी दिएकी छिन् ।

मन्त्री अर्यालले काम गर्न नीति बनाउनु भन्दा पनि कार्यानवयन गर्नु जरुरी भएकाले अब मन्त्रालयमा सूर्तीजन्य पदार्थको निषेधलाई पनि व्यवहारमा लागु गर्ने बताएकी हुन् ।

‘मदिरा तथा सूर्तिजन्य पदार्थ सेवन गर्न पाइदैन भन्ने सबैलाई थाहा छ । तर, व्यहारमा लागु भएको पाइदैन त्यसैले उक्त कुरालाई व्यवहारमा लागु गर्नका लागि पहिले स्वास्थ्य मन्त्रालयमा सूर्तिजन्य पदार्थ निषेध गर्न लागेका छौं ।’

मन्त्रालय छिर्ने प्रवेशद्वारमै प्रवेशद्धारमै सूर्तीजन्य पदार्थ छ या छैन भनि चेकजाँचको व्यवस्था गरिने पनि उनले बताइन् ।

सरकारको सूर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन ०६८ले सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरुमा सूर्तिजन्य पदार्थहरुको प्रयोगलाई पूर्णरुपमा निषेध गरिएको छ ।

The post स्वास्थ्य मन्त्रालयमा सूर्तिजन्य पदार्थ निषेध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles