Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थाहा पाइराख्नुहोस् पुरुषको स्तन क्यान्सरका यी ६ लक्षणहरु

$
0
0

एजेन्सी, ७ चैत । अधिकांश मानिसहरुलाई पुरुषमा पनि स्तन क्यान्सर हुन्छ भन्ने थाहा हुँदैन । महिलाको तुलनामा पुरुषलाई कम स्तन क्यान्सर हुन्छ । तर पुरुषको स्तन क्यान्सर धेरै खतरनाक हुन्छ । यदि समयमा नै त्यसका लक्षणहरु पहिचान गरेर उपचार गरिएन भने त्यसले ज्यानै लिन सक्छ ।

इन्दौर कैन्सर फाउन्डेशन चेरिटबल ट्रस्टका सर्जिकल अन्कोलोजिस्ट डा दिग्पाल धारकरका अनुसार पुरुषहरुको स्तन क्यान्सरका लक्षणहरु महिलाका जस्तै हुन्छन् । तर पुरुषहरुको स्तनमा मासु कम हुने भएकोले त्यो महिलाको तुलनामा पुरुषको स्तनमा क्यान्सर चाँडाे फैलिन्छ । पुरुषको स्तन क्यानसरलाई पहिचान गर्न चिकित्सकहरुले ६ लक्षणहरु पहिचान गरेका छन् ।

स्तनको निप्पल वरपर यदि केही दादुराजस्तो निस्कियो या धेरै दिनसम्म चिलायो र उपचार गर्दा पनि निको भएन भने त्यो क्यान्सरको लक्षण हुनसक्छ । निप्पलको मुनि या वरपर केही कडापन महसुस भयो या छाला खस्रो या दबाउँदा पिडा भयो भने त्यो क्यान्सरको लक्षण हो ।

त्यस्तै निप्पलको वरपर कुनै घाउँ, अल्सर या छाला पिल्सिएको देखिन्छ र उपचारपछि पनि निको हुँदैन भने क्यानसरको खतरा बुझ्नुपर्छ ।

निप्पल वरपरका छालाबाट रगत बगिरह्यो र पिडा भैरह्यो भने त्यो पनि क्यान्सरको लक्षण हो ।

निप्पल वरपर कुनै गाँठो महशुस हुन्छ र त्यो धेरैपटक फुटेर घाउ बनेको छ भने त्यस सतर्क रहनुहोस् ।

काखीमा कुनै गाँठो आएको छ र त्यहाँ दुख्छ भने त्यो क्यान्सरको लक्षण हो । यस्ता लक्षणहरु देखा पर्दैछन् भने सतर्क रहुनहोस् र चिकित्सकलाई देखाउनुहोस्

The post थाहा पाइराख्नुहोस् पुरुषको स्तन क्यान्सरका यी ६ लक्षणहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles