Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसकारण कसिलो ब्रा नलगाउनुहोस्

$
0
0

काठमाडौँ, २९ फागुन ।  नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ । यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ । त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ ।

कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ ।

गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ । कसेर लगाइने ब्राले डायफ्रममा दबाब पर्छ र पाचन प्रणाली सहज नहँुदा पेटमा असर गर्दछ ।

कहिलेकाहीँ हात या गर्दनमा हल्का सुइले घोचेकोजस्तो दुखाइ पनि हुनसक्छ । यो समस्या गम्भीर हुनसक्छ । यसको प्रमुख कारण गलत तरिकाले ब्रा लगाउनु नै हो । एउटा शोधले यस्तो बताएको छ कि महिलाको छातीसँग जोडिएको दुखाइ प्राय: गरेर कसेर लगाइने ब्रासँग सम्बन्धित छ ।

यसको कारण अर्को पनि देखिएको छ, जुन बसाइको तरिकामा भर पर्छ । गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन् ।

The post यसकारण कसिलो ब्रा नलगाउनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles