काठमाडौं, १३ फागुन । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालको चरम लापर्वाही बाहिर आएको छ । खुट्टामा समस्या भएपछि देव्रे खुट्टाको अपरेसन गर्न अपरेसन कोठामा छिराइएकी विरामीको दाहिने खुट्टामा चिरिएको छ ।
घुँडाकोउ लिगामेन्ट च्यातिएका कारण उपचार गर्न आएकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको उपचारका क्रममा लपार्वाही भएको हो । डाक्टर प्रवीण नेपालको टोलीले उनको अपरेसन गरेको थियो ।
शुक्रबार हिडेर नै अस्पताल पुगेकी पौडेल एमआरआइ हेरेपछि अस्पतालले अपरेसन गनुपर्ने बताएको थियो । शुक्रबार विहान ९ बजे अपरेसन थ्रियटरमा लगिएको उनलाई चार घण्टासम्म त्यही राखेको पीडितका श्रीमानले बताए । त्यसपश्चात विरामी र आफन्तसँग भेटघाट भयो अनि थाहा भयो गलत खुट्टाको अपरेसन भएको रहेछ । तत्काल डाक्टरसँग भेट्न खोज्दा उनी भेटिएनन जब भेट भयो, तव उपचारमा संलग्न डाक्टरको टोलीले गल्ती ढाकछोप गर्न खोजेपनि विरामीका आफन्तले प्रमाणनै पेश गरेपछि भने डाक्टरहरुले गल्ती स्वीकारेका छन् । विरामीका श्रीमानले भने, ‘हामीले प्रमाणसहित पेश गरेपछि गल्ती स्वीकार गर्नुभयो, त्यसपछि उहाँहरुले देब्रे खुट्टाको अपरेसन गर्ने र भविष्यमा हुने घुडाँ तथा नसा समबन्धी रोगको सम्पूर्ण उपचार गर्ने सहमति गर्नुभयो।’
अहिले बिन्दुको नर्भिक अस्पतालमै देब्रे खुट्टाको शल्यक्रिया भइरहेको छ।
डाक्टरको लापरवाहीपश्चात शनिवार बिरामीसँग ४ बुँदे सहमति भएको छ ।
सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।
विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।
The post नर्भिक अस्पतालको लापर्वाहीः देव्रे खुट्टाको अपरेसन गर्नुपर्ने विरामीको दाहिने खुट्टा चिरियो appeared first on Sajha Post.