Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कब्जियत र पेटका समस्याबाट छुट्करा पाउन यसरी तयार गर्नुहोस् सुन्तलाको बोक्राको चिया

$
0
0

काठमाडौं । तपाई अधिकतम समय बाहिरको खाना सेवन गर्नुहुन्छ जसका कारणले कब्जियत र अमिलो डकार आउने समस्याबाट पीडित हुनुहुन्छ भने यस्तो समस्याबाट मुक्ति पाउन तपाईलाई एउटा सामान्य फलले मद्दत गर्छ । हामीले सामान्यतयः सेवन गर्दै आइरहेको सुन्तलाको बोक्राले तपाईको यो समस्यालाई छिनभरमै निराकरण गर्न सक्छ ।

सुन्तलामा भिटामिन सिसँगै प्रचुर मात्रामा फाइबर पनि पाइन्छ । यसको फलमात्र नभएर यसको ब्रोक्रा पनि मस्तिष्कसँग जोडिएका अनेक विकारहरुका लागि रामबाण साबित हुनसक्छ ।

पेटका अनेक समस्याबाट छुटकारा पाउन तपाई सुन्तलाको बोक्राको चिया सेवन गर्नुहोस् । बोक्राबाट चिया बनाउनका लागि तपाई पहिले ब्रोकालाई घाममा सुकाएर त्यसको पाउडर तयार पार्नुहोस् । पाउडरबाट बनेको चियालाई सेवन गरेपछि तपाईको तौल घट्नुका साथै पेटको समस्या पनि हल हुन्छ ।

साथै सुन्तलाको बोक्राले मुटुको बिमारबाट पनि टाढा राख्न मद्दत गर्छ । यसको सेवन गर्ने मानिसलाई ह्दयघात, स्ट्रोक, उच्चरक्तचाप जस्ता रोगहरुले घेर्ने सम्भावना कम हुन्छ । यसको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कमी गर्छ जसले गर्दा शरिरको रक्तसञ्चार प्रक्रियामा कुनै रोकावट आउँदैन  ।

 

The post कब्जियत र पेटका समस्याबाट छुट्करा पाउन यसरी तयार गर्नुहोस् सुन्तलाको बोक्राको चिया appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles