एजेन्सी । मेथीदानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । मेथीलार्इ हामी भान्छामा नभइनहुने मसलाकाे रूपमा पनि प्रयाेग गर्छाै । मेथीलाई तेलमा फुराएर अचार, तरकारीमा प्रयोग गर्छाैं । अझ तोरीको तेलमा पुराएर कपालमा लगाउँदा कपाल राम्रो हुनेगर्छ । त्यस्तै मेथी फुराएको तेल शरीरमा लगाउँदा चिसोबाट बच्न सकिन्छ भन्ने मान्यता छ ।
त्यस्तै यसलाई राती भिजाएर बिहान खाली पेटमा चपाएर खाने र यसको पानी पनि पिउने गर्नाले ग्यास्ट्रिक नियन्त्रणका लागि अचुक उपाय हुने अध्ययनले देखाएको छ । मेथी दाना नियमित रुपमा खाँदा ग्याष्ट्रिकको समस्याबाट बच्न सकिन्छ ।
जलन र एसिडिटी पनि हुनबाट जोगाउँछ।भारतको उत्तराखण्ड आयुर्वेदिक विश्वविद्यालयका स्वस्थ वृत्त विभागका एचओडी डा. अवधेश मिश्राका अनुसार मेथीले भोक बढाउँछ र यसको नियमित सेवनले पित्त, कफ र ज्वारोको समस्यालाई टाढा राख्छ ।
मेथी दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ जसले हाम्रो शरीरलाई निकै फाइदा पु¥याउँछ ।
The post ग्यास्ट्रिक नियन्त्रणकाे अचुक उपाय मेथी appeared first on Sajha Post.