Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शरीरका यी अंगहरु स्वस्थ राख्न फाइदाजनक हुन्छ बियर

$
0
0

एजेन्सी, २३ माघ । चिया र कफीपछि संसारमा यदि कुनै पेय पदार्थ चर्चित छ भने त्यो बियर नै हो । बियरमा ५ देखि ८ प्रतिशतसम्म अल्कोहलको मात्रा हुने भएकोले यसलाई स्वाथ्यको दृष्टिकोणले पनि असल मानिन्छ ।

बियरले मानव स्वास्थ्यमा धेरै राम्रा प्रभावहरु पार्छ तर यसको अत्यधिक सेवनले उल्टो परिणाम ल्याउन सक्छ । बियरको सेवनले शरीरलाई विभिन्न रोगहरुको खतराबाट मुक्त राख्छ ।

बियरमा पाइने ‘हेट्रोसाइक्लिक अमिन्स’ले शरीरमा क्यान्सर फैलाउने ‘कार्सिनोजेन’ तत्वलाई नष्ट गर्ने पोर्चुगलमा भएको एउटा अध्ययनले देखाएको हो ।

सिलिकनले हाम्रो हड्डीहरुलाई मजबूत राख्ने काम गर्छ । बियरमा सिलिकनको राम्रो मात्रा पाइन्छ । २००८ मा तफ्त विश्वविद्यालयमा भएको एउटा अध्ययनले कहिलेकाहीँ बियरको सेवन गर्दा हड्डी मजबूत हुने बताएको छ ।

सन्तुलित मात्रामा बियर सेवन गर्नाले मुटु स्वथ्यकर रहने बताइएको छ । ‘इटलीक फाउन्डेसन डी रिसेरिया ई क्यूरा’ नामको संस्थाले उसको अध्ययनमा सन्तुलित मात्रामा बियर सेवन गर्ने मानिसको मुटु सामान्यको भन्दा ३१ प्रतिशत रोगमुक्त हुने बताएको हो ।

त्यस्तै फिनल्याण्डमा गरिएको एउटा अध्ययनले सन्तुलित बियर सेवनले किड्नीमा हुने स्टोनको खतरालाई कम गराउने दावी गरेको छ । बियरमा पानीको मात्रा ज्यादा हुने भएकोले यस किड्नीका लागि फाइदाजनक हुने उसले बताएको छ ।

The post शरीरका यी अंगहरु स्वस्थ राख्न फाइदाजनक हुन्छ बियर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles