सूर्यको प्रकाशमा पाइने ‘भिटामिन डि थ्री’ ले क्षतिग्रस्त ‘कार्डियोभेस्कुलर सिस्टम’ नामक हृदय प्रणालीलाई ठिक गर्ने एक अध्ययनले देखाएको छ । ‘द इन्टरनेश्नल जर्नल अफ नेनोमेडिसिन’ नामको पत्रिकामा प्रकाशित एक अध्ययनले त्यस्तो बताएको हो ।
अमेरिकाको ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानमा शोधकर्ताहरुले भिटामिन डि थ्रीले ह्दय प्रणालीको धेरै रोगबाट बचाउनुका साथै उपचारमा पनि मद्दत गर्ने देखाएको छ । प्रयाप्त मात्रामा भिटामिन डीको उपलब्ध भएको अवस्थामा रक्तचाप, मधुमेह र एथोरोसलेरोसिससहित धेरै रोगहरुबाट मुक्त हुनसकिने बताइएको छ ।
सामान्यतयाः भिटामिन डि थ्रीले हाडसँग सम्बन्ध राख्दछ । प्राध्यापक टैड्युज मलिंस्कीले हालैका वर्षहरुमा चिकित्सा जगतसँग सम्बद्ध व्यक्तिहरुले धेरै रोगीहरुलाई ह्दयघात हुनुका पछाडिपनि भिटामिन डि थ्री नै कारण रहेको मान्न थालेको बताएका छन् ।
The post सूर्यको प्रकाशबाट अब हृदयरोगको उपचार appeared first on Sajha Post.