Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो

$
0
0

रियो डि जेनेरियो, १८ माघ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुगेको मंगलबार जनाएको छ ।

ल्याटीन अमेरिकी सो मुलुकमा सन् २०१७ को जुलाईदेखि अहिलेसम्म कुल २१३ जना कमलपित्तका कारण प्रभावित भएका जनाइएको छ ।
यो रोगका शंकामा कुल एक हजार ८० मध्ये ४३२ जनालाई डिस्चार्ज गरिएको र ४३५ जनालाई निगरानीमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सहरी क्षेत्रमा कमलपित्तबाट प्रभावित भएको कुनै विवरण नआएको जनाएको छ ।

ब्राजिलले सन् १९४२ मा सहरी क्षेत्रलाई कमलपित्त मुक्त क्षेत्र घोषणा गरेको थियो ।

The post कमलपित्तका कारण मृत्यु हुनेको संख्या ८१ पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415