बजार र हाम्रो करेसाबारीमा सजिलै पाइने बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । सामान्यतः अमलामा खनिज पदार्थ प्रशस्त हुन्छ भन्ने मानिन्छ तर यसमा खनिज तत्वको मात्रा अमलामा भन्दा बढी हुन्छ ।
यसले शरीरमा फलामको कमी हुन पनि दिँदैन । बेथेको सागले आमाशयलाई बलियो बनाउँछ भने मृगौलामा पत्थरी हुनबाट बचाउँछ ।
यसमा फस्फोरस, भिटामिन डी, फलाम र क्षार धेरै मात्रामा पाइन्छ । बेथेको सागमा शुक्रबर्धक र कब्जियत निको बनाउने गुण पनि हुन्छ । यसले कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पेट घोच्ने लगायतका समस्याबाट पनि मुक्ति दिलाउँछ ।
अपच, भोक नलाग्ने, डकार, पेट फुल्नेलगायतका समस्यामा पनि बेथेको साग लाभदायक हुन्छ । यसैगरी मुत्राशय, पिसाब, मृगौलासम्बन्धी रोग निको पार्न मात्र होइन, छालासम्बन्धी रोगमा समेत बेथेको सागको सेवन लाभदायक हुन्छ ।
कपालमा जुम्रा परेको छ भने बेथे उमालेको पानीले कपाल सफा गर्दा उक्त समस्याबाट मुक्ति मिल्छ । यसले कपाललाई स्वस्थ र बलियो बनाउँछ साथै कपालको प्राकृतिक रंगलाई कुनै प्रभाव पार्दैन ।
The post बेथेको साग : जुम्रादेखि पत्थरीसम्मलाई तह लगाउँछ appeared first on Sajha Post.