एजेन्सी । कतिपय खराब कुरालाई पनि हामीले जीवनको अंग बनाएका हुन्छौँ । जुन बानीले शरीरमा गम्भीर रोग नै निम्त्याउन सक्छ । शरीरलाई असर पार्ने त्यस्तै एउटा बानी हो, नियमित मदिरा सेवन ।
घाँटीको क्यान्सर
धेरैलाई अचम्म लाग्न सक्छ, मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । तर, यो सत्य हो । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन थाल्छ ।
लिभर डिडिज
मदिरा सेवनले ‘लिभर डिजिज’ अर्थात् कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरासेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै
हुन सक्छ ।
ब्रेन स्ट्रोक
दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।
हर्ट डिजिज
मदिराले मुटुमा पनि असर पार्छ । ताकि मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्तसञ्चारको गति पनि तीव्र हुन्छ । र, हर्ट डिजिज हुनै सम्भावना अत्यन्त बढी हुन्छ ।
उच्च रक्तचाप
उच्च रक्तचाप गम्भीर रोग हो । उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्युनजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो ।
The post यसकारण नपिउनुहोस् रक्सी appeared first on Sajha Post.