Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कस्मेटिक अङ्ग, ध्यान भङ्ग !

$
0
0

काठमाडौं, ११ कात्तिक । एउटा अन्तरवार्तामा भुवन केसीलाई पत्रकारले सोधेका थिए– चट्ट एउटी सुन्दर युवती तपाईको अगाडी आए पहिला के हेर्नुहुन्छ ? केसीको उत्तर थियो– त्यहि ! अचेल कसैलाई यहि प्रश्न सोध्यो भने उत्तर सजिलो छ । भन्छन्– ज्योति मगर ! तिर्सना बुढाथोकी ! यस्ता विम्बहरू सामाजिक सञ्जालमा पर्याप्त खुल्न थालेका छन् । भारतीयलाई सोध्दा भन्लान् – सन्नी लियोनी । अरबीको उत्तर होला– मिया खालिफा ! वा यस्तै । समग्रतामा एउटा पुरूषको नजर त त्यहि महिलाको अङ्गमा पर्दछ, जुन शरिरको आकर्षण हुन्छ । त्यसैले पनि महिलाको छातीलाई ‘कस्मेटिक अङ्ग’ भनिन्छ, मेडिकल साइन्समा । केही होइन, आकर्षणको केन्द्रविन्दुमात्र हो । बाँकी फगत शरिर त हो ।

एउटा मानिस दिनमा कम्तिमा पनि १८ पटक यौनकुण्ठालाई मनोसंवादमा सीमित राख्ने शोधहरूका निक्र्यौल छन् । लौ बहस गरौं यो शोधमाथि । दिमागमा यौन सम्बन्ध (सेक्स)को समस्या भरेर हिँड्न मान्छे बजारमा बग्रेल्ती भेट्न सकिन्छ । यसैले सहरका अँध्यारा गल्लीमा रहेका ‘यौन समस्या समाधान’ गर्ने पसल नाफामा छन् । तर, धेरैमा ज्ञान नै छैन यो समस्या होइन, समस्या आफ्नै कुण्ठा हो भन्ने । खुलेर छलफल गर्न हिच्किचाउने र कसैले यसबारे कुरा निकाल्यो भने उसैलाई फोहोरी मान्छेका दृष्टिले हेर्ने गरिन्छ । तर, दिमागभरि फोहोर त्यही व्यक्तिले लिएर हिँडेको हुन्छ, जो यौनको कुराबाट भाग्छ । लिंग सानो भएको, चरम सन्तुष्टि लिन र दिन नसकिएको, स्तनका आकार सानो रहेको जस्ता समस्याका समाधान खोजेर हिँड्ने युवायुवतीको ठूलै जमात छ ।

यौन सम्बन्धि भ्रमको पालेर आफूलाई रोगी बनाउँदै जानुभन्दा आफूमा जागेको जिज्ञासाको वैज्ञानिक उत्तर खोज्नु जाति हुन्छ । चिकित्सकहरूका अनुसार यौनसँग सम्बन्धित ९० प्रतिशत समस्या मनोवैज्ञानिक हुन्छन् । विस्तरामा जाँदा पुरूष युद्धमा होमिएको सिपाही झैं जान्छ । उसलाई विजय प्राप्त गर्नुछ । महिला लज्जावति झारझैं खुम्चिन्छन् । धेरै कुरा यहीँ नेर बिग्रिन्छ । किनभने लज्जावति झारसँग विजय र पराजयको सवाल बनाएको जोडीमा असन्तुष्टि र हीनताबोध बाहेक अरू के हात लाग्न सक्छ र ?

यौन सम्पर्कका बेला पुरूष हाबी हुनैपर्छ, श्रीमती वा पार्टनर सन्तुष्ट हुन सकिनन् भने त नामर्द नै भइन्छ भन्ने स्कुलिङका कारण हरेक पुरूष यौन सम्पर्कका बेला योद्धाको मानसिकतामा हुन्छ

पछिल्लो समय नेपाली समाजमा पनि यस विषयमा उदार त बन्दै गइरहेको छ तर मनभित्र अनेक भ्रम हुर्काएर । जसले गर्दा प्राकृतिक कुरा अहिले बोझिलो हुँदै गएको छ । यौन शिक्षाको बारेमा बेलाबेलामा चर्चा हुने गरे पनि हामीले अहिलेसम्म यसलाई खुला बहसमा ल्याएका छैनौँ । पूर्वीय दर्शनले ‘आहार, निद्रा, भय र मैथुन’लाई उहिल्यै मानव जीवनका अनिवार्य तत्व घोषणा गरिसकेका हुन् । तर, यौनलाई जहिले पनि छोपेर राख्नाले हाम्रो यौन जीवन निरस र पट्यारोलाग्दो भएको छ ।

यौन सम्पर्कका बेला पुरूष हाबी हुनैपर्छ, श्रीमती वा पार्टनर सन्तुष्ट हुन सकिनन् भने त नामर्द नै भइन्छ भन्ने स्कुलिङका कारण हरेक पुरूष यौन सम्पर्कका बेला योद्धाको मानसिकतामा हुन्छ । पुरूषप्रधान मानसिकता कति चर्को छ भने यौनमा श्रीमती या पार्टनरलाई सुन्तुष्ट पार्न सकिएन भने पुरूषको अहम् तोडिन्छ । यसैका कारण जिन्दगीको सबैभन्दा ठूलो आनन्द सबैभन्दा ठूलो पीडा बनेको हुन्छ । मनोचिकित्सक डा. रवि शाक्यका अनुसार यौन भनेको ९० प्रतिशत मानसिक कार्य हो, १० प्रतिशतमात्रै शारीरिक कार्य हो । जबसम्म हामी मानसिक रूपमा आफूलाई फिट राख्न सक्दैनौँ, तबसम्म हामी यौनमा सन्तुष्टि प्राप्त गर्न सक्दैनौँ ।

हस्तमैथुनले यौन चाहना पुरा गर्छ ?
हस्तमैथुनका विषयमा नेपालीमा अनेक भ्रम छन्, अनेक विश्वास छन् । जसको उत्तर चिकित्सकले दिँदादिँदा हत्तु भइसके । यौन चाहना मेटाउने यो सुरक्षित उपायलाई भ्रमको भुमरीमा पारिएको छ । हस्तमैथुन पनि गर्ने र गर्दा पनि के के न बिराएँ भनी चिन्ता गर्नेको ठूलो जमात छ ।
‘म हस्तमैथुन गर्छु, मेरो टाउको दुख्यो, घुँडा दुख्यो भन्दै’ चिकित्सककहाँ पुग्नेहरू प्रशस्तै छन् । कतिपयले वीर्यको तुलना रगतसँग गर्छन् । सय थोपा रगत बराबर १ थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फूर्तिलो बनाउँछ त्यसकारण पनि सायद पछिल्ला समयमा चिकित्सकहरूले ‘धात सिन्ड्रोम’ भन्दै हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआइभी संक्रमण, यौन रोग, बलात्कार घटाउन युवाहरूलाई हस्तमैथुन गर्न प्रेरित गरिएको छ । चिकित्सका अनुसार वीर्य स्खलन हुँदा कमजोर हुन्छु भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । वीर्य स्खलन भएर सकिने चिज पनि होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । एक अध्ययन अनुसार ९५ प्रतिशत पुरूषले हस्तमैथुन गरेकै हुन्छन् । हस्तमैथुनले विवाहपछि यौनजीवनलाई कुनै असर नगर्ने चिकित्सकहरूको दाबी छ ।

लिंगको आकारलाई लिएर तड्पिनेहरू कम छैनन् । पोर्न फिल्म हेर्नेहरू फिल्मको क्यारेक्टरको जत्रै लिंग भइदियोस् भन्ने कल्पना गर्छन् । लिंगको साइजले पार्टनरलाई सन्तुष्टि दिने सन्दर्भमा असर गर्छ भनी सोच्नु सर्वथा गलत हो । यौन सम्पर्कलाई आनन्ददायी बनाउन लिंगको साइजको कुनै भूमिका हुँदैन । पार्टनर, परिवेश, फोरप्लेलगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । पार्टनरलाई चरर्मोत्कर्षमा पु¥याउन ग्ल्यान्स (छालाले ढाकेको लिंगको माथिल्लो भाग) नै पर्याप्त हुन्छ ।

धेरै अनुसन्धानका आधारलाई लिएर भन्ने हो भने उत्तेजनामा आएको बेला तीन इन्च लम्बाइ हुने लिंग भएकाहरू यौनमा शतप्रतिशत समर्थ हुन्छन् । त्यसैले लिंगका आकारलाई लिएर दुःखी हुनु मनोरोग निम्त्याउनु मात्रै हो ।

स्तनको आकार
महिला र पुरूष दुवैमा यससम्बन्धी विभिन्न भ्रम छन् । स्तन सानो भएकी महिला ‘श्रीमान् या पार्टनरलाई सन्तुष्ट बनाउन सक्दिनँ’ भनेर सोचिरहेकी हुन्छिन् भने पुरूष पनि स्तन नै यति सानो भएकीले के आनन्द देली भनेर सोचिरहेको हुन्छ । यी दुवै गलत सोचाइ हुन् । स्तन भनेको कस्मेटिक अंगमात्र हो । यसले महिलालाई सुन्दर देखाउन मद्दत गरे पनि यौनमा यसको साइजले कुनै अर्थ राख्दैन ।
यौन अवधि कति लामो ?

आफू थोरै समयमा स्खलित भएकाले पाटर्नरलाई सन्तुष्टि दिन नसकेको हिनताबोधमा बाँच्ने सबैभन्दा धेरै भेटिन्छन् । यौन अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन ।

अहिले पोर्न फिल्म हेरेर आफू कमजोर भएको महशुस गर्ने युवा बढेका छन् । उनीहरूले के बुझ्न जरूरी छ भने त्यो फिल्म हो जुन पटक–पटक सुटिङ गरेर पछि जोडिएको हो । आफ्नो यौन साथीसँग राम्रोसँग फोर प्ले गरिएको छ, उनलाई राम्रोसँग उत्तेजनामा ल्याइएको छ भने एक देखि तीन मिनेटसम्म इन्टरकोर्स गर्दा पर्याप्त हुन्छ । तर, पार्टनर देख्नेबित्तिकै बाघले शिकार झम्टेको जस्तै गरी झम्टिने हो भने दुवैको यौनजीवन बिग्रन्छ । केटीहरू ढिलो उत्तेजनामा आउने र ढिलै शान्त हुने भएकाले उनीहरूमा उत्तेजना केही समय स्थीर रहन्छ । त्यसैले फोर प्लेमा जति बढी केटीलाई उत्तेजनामा ल्याउन सक्यो । यौन सम्पर्कका बेला त्यति नै बढी आन्नद प्राप्त गर्न सकिन्छ ।

अचेल हप्तामै लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन् । यो भ्रमको खेतीबाहेक केही पनि होइन । ह्यान्डमसम अप, २४ होर्मोटेसजस्ता उत्पादनका विज्ञापन भइरहेका छन् । तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने कुनै पनि प्रोडक्ट हुँदैनन् ।

The post कस्मेटिक अङ्ग, ध्यान भङ्ग ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles