काठमाडौं । मृगौलासम्बन्धी रोग लागेका मानिसहरुलाई धेरै प्रकारको समस्याहरु भोग्नुपर्ने हुन्छ । उनीहरुलाई खाना नपच्ने, लगातार स्वास्थ्य अवस्था बिग्रँदै जाने तथा कमजोर महशुस गर्नु जस्ता समस्या हुन्छन् । त्यस्तै आज हामी तपाईलाई मृगौलासम्बन्धी रोगको लक्षण र बच्ने उपायबारे जानकारी गराउँदैछौं ।
लक्षणहरु :
मृगौला खराब हुने प्रकियामा मुखमा एक प्रकारको तत्व अमोनिया उत्पादन हुन्छ जसले मुख गन्हाउँछ ।
छालामा समस्या आउँछ । विशेषगरी आँखाको तल्लो भागको छाला बढी प्रभावित हुन्छ । छालाको रङ उडेर जान्छ । कहिलेकाही त सेतो दाग समेत देखा पर्छ ।
कहिले त मृगौलामा यस्तो जाम हुन्छ कि पानी पनि पच्दैन ।
पिसाबमा रगत देखिनु ।
मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन, जसको कारण शरीर विभिन्न अंगहरु सुनिन्छन् ।
मृगौलाले विकार वस्तुहरु छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि क्रमश: बढ्दै जान्छ ।
यदि तपाईको मृगौला बिग्रने क्रममा छ भने यस प्रकारको घरेलु विधि अपनाउनुपर्ने हुन्छ ।
आवश्यक सामग्री :
एक मुठी पुदिनाको पात
१/३ कप कागतीको रस
१/२ कप सुन्तलाको रस
१ कप पानी
मह (स्वादका लागि )
विधि :
पानी उमाल्नका लागि बसाल्नुहोस् ।
पानी उम्लने बेला भएपछि त्यसमा पुदिनाको पात हालेर पाँच मिनेट उमाल्नुहोस् ।
पुदिना र पानीलाई पाँच मिनेट उमालेपछि १० मिनेटसम्म सेलाउन दिनुहोस् ।
अब त्यसमा कागती र सुन्तलाको रस राखेपछि मह मिसाउनुहोस् । तपाईको मृगौला स्वस्थ राख्नका लागि चाहिने तरल पदार्थ तयार भयो ।
तयार भएको मिश्रण सेवन गर्नुहोस् । यसले तपाईको मृगौलालाई मात्र नभई अन्य रोग निवारणका लागि पनि सहयोग गर्छ ।
The post मृगौलासम्बन्धी रोग लागेको छ भने पुदिनालाई यसरी प्रयोग गर्नुहोस् appeared first on Sajha Post.