हाच्छिउँले हामीलाई प्रायः दुःख दिइरहन्छ । यद्यपि हाच्छिउँ आउँदा कयौं तरहका एलर्जीबाट हामी बचिरहेका हुन्छौं, यो स्वभाविक प्रक्रिया पनि हो । हाच्छिउँ गर्दा शरीरभित्र रहेका कयौं हानिकारक एलर्जी हुने पदार्थ बाहिर निस्कन्छ । यसरी हाच्छिउँले एउटा सुरक्षा संयन्त्रको रुपमा काम गरिरहेको हुन्छ ।
हाच्छिउँ आउने विभिन्न कारण हुनसक्छन् । जस्तो कि धुँवा, धूलो–माटो, सब्जीहरुको तिव्र खार वा कुनै चिजको तिव्र गन्ध । यसको साथसाथै जाडो मौसममा, आद्रता वा तापमानमा गिरावट, कुनै खानाबाट हुने एलर्जी वा औषधीको प्रतिक्रियास्वरुप पनि हाच्छिउँ आउँछ ।
कारण जे भए पनि दुईचार पटक हाच्छिउँ आउनु त सामान्य हो । तर, पटक पटक हाच्छिउँ आइरह्यो भने चिन्ता लाग्नु स्वभाविकै हो । निरन्तर हाच्छिउँ आउने समस्या भयो भने यसबाट सचेत बन्नुपर्छ । यो समस्याबाट मुक्त हुनको लागि घरमै बसेर उपचार गर्न सकिन्छ ।
पुदिनाको तेल
रुघाखोकी वा नाकमा कुनै समस्याका कारण पनि हाच्छिउँ आउँछ भने पुदिनाको तेलको प्रयोग उपयोगी हुन्छ । यसमा जीवाणुरोधी (एन्टी–ब्याक्टेरिया) गुण हुन्छ । उपचारको लागि एउटा ठूलो भाँडोमा पानी उमालेर त्यसमा पुदिनाको तेलको ५ थोपा राख्नुहोस् । एउटा रुमाल वा तौलियाले टाउको ढाकेर बाफ लिनुहोस् । यसो गर्दा हाच्छिउँ आउन धेरै राहत मिल्छ ।
सुपको चिया
सुपको प्रयोगबाट पनि यो समस्या कम हुन्छ । यसले कयौं श्वाससम्बन्धी संक्रमणसँग लड्ने क्षमता राख्छ । यसमा पनि कयौं एन्टीबायोटिक र एन्टी भाइरल गुण हुन्छ । उपचारको लागि एक कप पानी उमालेर त्यसमा दुई चम्चा सुपलाई पिँधेर हाल्नुहोस् । झण्डै १० मिनेट पानीलाई ढाकेर राख्नुहोस् र त्यसलाई छानेर पिउनुहोस् । यस्तो चियालाई दिनमा दुईपटक पिउनुहोस् ।
कालो मरिच
मनतातो पानीमा आधा चम्चा कालो मरिच हालेर यो मिश्रणलाई दिनमा दुईदेखि तीनपटक पिउनुहोस् । कालो मरिचको पाउडर राखेको मनतातो पानीले कुल्ला गर्न पनि सकिन्छ । सुप पानीमा पनि कालो मरिच राखेर पिउँदा पनि लाभदायक हुन्छ ।
अदुवा
हाच्छिउँ आउने समस्यामा अदुवा पनि महत्वपूर्ण औषधी हो । यसले विभिन्न किसिमका भाइरस र नाकका अन्य समस्याहरुका लागि पनि ठिक बनाउँछ । एक कप पानीमा थोरै अदुवा राखेर उमाल्नुहोस् । यो पानी मनतातो भएपछि मह मिलाएर पिउनुहोस् । यसको साथै काँचो अदुवा वा अदुवाको चिया पनि पिउन सकिन्छ ।
लसुनमा पनि एन्टीबायोटिक र एन्टीभाइरल गुण हुन्छ । यसले श्वाससम्बन्धी संक्रमणलाई ठिक बनाउँछ । यदि चिसोका कारण संक्रमण फैलिएको हो भने लसुनले तपाईलाई धेरै फाइदा दिनसक्छ । उपचारको लागि पाँच छ वटा लसुनको पोटी पिसेर बनाइएको पेस्टलाई सँघ्नुहोस् । दाल र तरकारीमा पनि यसको प्रयोग गर्नुहोस् । सुप बनाउँदा पनि लसुन राख्नुहोस् ।
The post हाच्छिउँ आएर सतायो ? घरमै यसरी गर्नुहोस् उपचार appeared first on Sajha Post.