नियमित परीक्षण नगर्नु : दाँतको स्वास्थ्यमा हामी साह्रै खेलबाड गर्छौं । दाँतको स्वाथ्यका लागि अत्यन्त आवश्यक भनेको नियमित रुपमा परीक्षण गर्नु हो । यसबाट रोग लाग्न भन्दा अगाडी नै रोगथाम गर्न सकिन्छ ।
आफैं चिकित्सक बन्नु : विना डाक्टरी सल्लाह कुनै पनि औषधि सेवन गर्नु हुँदैन । यसले समस्या निम्तिन सक्छ । यसैले जब तपाईलाई दाँत, मुख या शरीरको अन्य भागमा समस्या महसुस भएको छ भने डाक्टरकहाँ जानुस्, आफै घरेलु उपचारमा नलाग्नुस् ।
हतार–हतार दाँत माझ्नु : प्रायः मानिसले दाँतको सफाइमा समय दिँदैनन् । कम्तीमा ५ मिनेटमा दाँतको सफाइ गर्न सकिन्छ । तर,धेरैसँग त्यो समयको पनि फुर्सद छैन् र र हतारमा दाँत माझ्दा झन समस्या थपिन सक्छ । छिटो–छिटो दाँत माझ्दा त्यसको दबाब दाँत र गिजामा पर्न जान्छ । जसले गर्दा चाँडै दाँत र गिजा टुक्रिन सक्छ ।
एन्टिसेप्टिक माउथवास नगर्नु : ब्रस गर्नुका साथै माउथवास र फ्लासिङ पनि जरुरी हुन्छ । दाँतको बीचमा खाना अड्कन्छ, जसका कारण दाँत सड्ने र गिजाको संक्रमण निम्तिन्छ । यसैले स्वस्थ गिजा र दाँतका लागि डेन्टल फ्लास र इन्टरडेन्टल ब्रसको प्रयोग गर्नु आवश्यक हुन्छ ।
जंकफूड बढी खानु : बजारमा उपलब्ध कयौं खाद्यपदार्थ दाँतलाई हानी गर्ने खालका हुन्छन् । दाँतको सरसफाइका लागि बजारमा पाइने यी खाद्य पदार्थ मुखमा निषेध गर्दा राम्रो हुन्छ ।
बढी सोडा,कोल्डडिं«कजस्ता पेयपदार्थ पिउनाले पनि दाँत बिग्रन्छ ।
हरियो सागसब्जी र फलफूल नखानु : हरियो सागपात र फलफूल दुवै दाँतको स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ । यी पदार्थबाट शरीरमा भिटामिन पाइन्छ । भिटामीन सी र भिटामिन डी दाँतका लागि निकै फाइदाजनक हुन् ।
सुर्तीजन्य पदार्थ बढी सेवन गर्नु : सुर्तीजन्य पदार्थ हाम्रो स्वास्थ्यमा कहिल्यैं पनि राम्रो गर्दैन । दाँतका लागि मात्रै होइन, यसले समग्र स्वास्थ्यमा असर गर्ने भएकाले सुर्तीजन्य पदार्थको सेवन नगर्नु नै राम्रो हुन्छ ।
The post यस कारण बिग्रिन्छ दाँत appeared first on Sajha Post.