Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती

$
0
0

 

सुर्खेत, ४ भदौ । सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने पञ्चपुरी नगरपालिका वडा नं १० को नार्सी र ११ का जामु, गल्फा लगायतका गाउँका नागरिक भाइरल ज्वरोले थलिएका छन् ।

भेरी नदी पारीको यो बस्तीमा विगत १० दिनदेखि फैलिएको भाइरल ज्वरोले दुई गाउँका ५०० बढी घरपरिवारका नागरिक प्रभावित भएका हुन् । दुवै गाउँका अधिकांश बालबालिका, युवायुवती र ज्येष्ठ नागरिक ज्वरोले थलिएपछि प्रभावकारी उपचार नपाएकामा स्थानीयले आक्रोश पोखेका छन् ।

जिल्ला जनस्वस्थ्य कार्यालय सुर्खेतले केही दिनअघि मात्रै दुवै गाउँमा एक÷एक दिन स्वास्थ्य शिविर आयोजना गरेको थियो । पुरै गाउँका अधिकांश स्थानीय नागरिक ज्वरोको संक्रमणले थलिँदा स्वास्थ्य कार्यालयको हेपाह प्रवृत्तिका कारण एकदिने शिविरले रोग निर्मूल नभएकामा आक्रोश पोखेका छन् । टाउको दुख्ने, ज्वरो आउने र खुट्टा काम्नेजस्ता लक्षणले दुई वडाका नागरिक १२ दिनदेखि थलिएका बिरामीको संख्या अत्यधिक छ । “उपचार गर्न बाहिर जाउँ भने बीचमा भेरी छ, यहाँ गतिलो स्वास्थ्य संस्था छैन”– नार्सीका स्थानीय जमना भण्डारीले भन्नुभयो, “शिविरका नाममा एक दिन सञ्चालन भयो गाउँमा बिमारी थलिएकै छन् ।” नार्सीमा रहेको सरस्वती प्राविमा अध्ययनरत विद्यार्थीसमेत ज्वरोको संक्रमणले कक्षा छाड्ने गरेका छन् । एक दिन आयोजना गरेको शिविरमा मात्रै झण्डै ३०० नागरिक ज्वरोको संक्रमण भएको रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालयमा आइपुगेको छ ।

कार्यालयले शिविर थप गर्न नसकेपछि दैनिक ५० बढी बिरामी स्थानीय मेडिकलमा पुगेर महँगोमा औषधोपचार गर्न बाध्य भएको सरस्वती प्राविका प्रधानाध्यापक हरि ढकालले बताए ।

भेरी नदी पारी रहेको यो बस्तीमा थप उपचारका लागि कैलालीको चिसापानी र भेरी नदीमा जोखिममा डुंगा तरेर बाबियाचौर आउनेबाहेक अन्य उपाय नभएको भण्डारीले बताए । उनले सिंगो गाउँ भाइरल ज्वरोले थलिँदा स्वास्थ्य कार्यालयले देखाउनकै लागि स्वास्थ्य शिविरको आयोजना गर्नुभन्दा रोग निर्मूल पार्न आवश्यक दक्ष जनशक्तिसहितको टोली पठाउन माग गरे ।

The post भाइरल ज्वरोले थलियो भेरी नदी पारीको बस्ती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles