एजेन्सी । स्वीडेन सरकारले आफ्ना देशबासीहरुको सेक्स लाइफबारे अध्ययन गर्ने भएको छ । जनताहरु सेक्सप्रति उत्साहित नदेखिएपछि यसबारे कारण जान्न स्वीडेन सरकारले अध्ययन गर्न लागेको हो । पछिल्लो समय आएको स्वीडेनका जनताहरुको सेक्स लाइफ रिर्पोटप्रति ध्यान दिदै स्वीडेन सरकारले यस्तो निर्णय लिएको हो ।
स्वीडेनका स्वास्थ्यमन्त्री ग्याब्रियल विकस्ट्रामले भनेका छन्,‘यस्तो खाले अध्ययन स्वीडेनमा २० वर्ष अघि भएको थियो ।
एकपटक फेरि यस्तो खाले अध्ययन गर्न लागिएको हो । यस अध्ययनको नतिजा सन् २०१९ मा आउनेछ ।’
दबाब तथा स्वास्थसँग जोडिएर सेक्स लाइफमा समस्या आएकै हो त भन्नेबारे उनले एक स्थानीय पत्रिकामा लेख समेत लेखेका छन् । सेक्स लाइफ सुधार्न पनि अध्ययनले महत्वपुर्ण भुमिका खेल्ने उनले बताएका छन् ।
The post यो देशको सरकारले गर्ने भयो आफ्ना देशबासीहरुको सेक्स लाइफबारे अध्ययन appeared first on Sajha Post.