काठमाडौं । स्तन दुख्ने समस्या धेरै महिलामा हुने गर्छ । कसैमा यो समस्या निकै गम्भीर प्रकृतिको पनि हुन्छ । र कसै -कसैमा भने यो सामान्य नै हुने गर्छ । यदि आफ्नो स्तन बारम्बार दुखेमा भने तत्कालै डाक्टरको सल्लाह लिनुपर्छ । यसबाहेक स्तन दुख्नुका यी कारणबारे पनि थाहा पाउनु उत्तिकै महत्वपूर्ण हुन्छ:
१. महिनावारी
महिनावारी हुने बेलामा प्रायः महिलाले आफ्नो स्तनमा पीडा भएको महसुस गर्छन् । यस अवधिमा महिलाको संवेदना ह्वात्तै बढ्ने, शरीरका विभिन्न भागमा पीडा हुने र तल्लो पेट दुख्ने भएकाले स्तनमा यसको असर परेको हो ।
२. गर्भावस्था
गर्भमा बच्चा हुँदा वा बच्चा पाइसकेपछि महिलाको स्तन दुख्ने गर्छ । गर्भावस्था वा बच्चा पाइसकेपछि महिलाको शरीरमा विभिन्न हर्मोेन सक्रिय हुने गर्छन् । यस्ता हर्मोनका कारण स्तन वरपर पीडाको महसुस हुन्छ । स्तनमात्रै दुखेमा भने डराइ हाल्नु पर्दैंन । यससँगसँगै वान्ता आउने तथा बच्चा पाइसकेपछि अनियमित महिनावारी भएमा भने तत्काल उपचार गर्नुपर्छ ।
३. स्तनमा देखिने गिर्खा
स्तनमा आउने गिर्खापनि स्तन दुख्ने एउटा कारण हो । साथै स्तनमा देखिने फोकाले पनि कहिलेकाहीँ पीडा हुने गर्छ । गिर्खा देखिने तर पीडाको महसुस नहुने भएमा भने अस्पताल गई जाँच्नु पर्छ ।
४. चोटपटक
स्तन तलपट्टि मांशपेशी, जोर्नी तथा हाड हुन्छन् । यदि यी भागमा पीडा भएका स्तनमा पनि पीडा हुन्छ ।
५. स्तनपान
पीडा र स्तनपान एक-आपसमा जोडिएका हुन्छन् । बच्चाले राम्रोसँग दूध नखाएमा वा स्तनलाई जोडसँग दवाएमा पनि पीडा हुने गर्छ । साथै कहिलेकाहीँ गिर्खाका कारण पनि स्तनपानका बेला पीडा हुने गर्छ ।
६. औषधी सेवन
यदि तपाईले कुनै औषधी लिनुभएको छ भने यसको साइड इफेक्टका कारण स्तनमा पीडा हुने गर्छ । गर्भ निरोधी चक्की प्रयोग गरेको बेलामा पनि स्तन दुख्ने गर्छ । त्यसैले कहिलेकाहीँ औषधीको साइड इफेक्टले स्तनमा पीडा हुने गर्छ ।
७. स्तन क्यान्सर
स्तनमा पीडा हुने वा गिर्खा देखिने बित्तिकै क्यान्सर भयो भनेर आत्तिनु हुँदैन । तर पीडासँगै कडा गिर्खा देखिएमा, स्तनको आकारमा परिवर्तन आएमा, दुधसँगै रगत आएमा, स्तनमा फोका, घाउ वा खटिरा आएमा वा स्तनको मुन्टा भित्र दवेको भएमा भने तत्काल अस्पताल जानुपर्छ ।
The post महिलाको स्तन किन दुख्छ ? थाहा पाइराखौं appeared first on Sajha Post.