एजेनसी । १०० ग्राम बदामभित्र धेरै पोषक तत्वहरु हुने गर्छ । यसमा २५.३ ग्राम प्रोटीन, फ्याट ४०.१ ग्राम, मिनरल्स २.४ ग्राम, फाइबर ३.१ ग्राम, कार्बोहाइड्रेड २६.१ ग्राम, उर्जा ५६७ क्यालोरी, क्यालसियम ९० मिलीग्राम, फोसफोरस ३५० ग्राम, आयरन २.५ मिलीग्राम, केरोटीन ३७ मिलीग्राम, थाइमिन ०.९० मिलीग्राम, फोलिक एसिड २० ग्राम हुन्छ ।
बदामका धेरै गुणहरु रहेका हुन्छन् । बदाम खानाले सम्झन सक्ने शक्ति बढ्छ । साथै रोगसँग लड्ने रक्षा शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।
दैनिक भोजनमा अदुवालाई मिसाएर खानाले स्वास्थलाई ठुलो लाभदायक गर्छ । यसले शरिरमा ठुलो सानो रोगसँग लड्ने काम गर्छ । यसले खाना पाचन गर्न समेत मदत गर्छ ।
शरिरलाई निरोगी, स्वास्थ्य तथा उर्जावान राख्न महले ठुलो भुमिका खेल्छ । यसकारण पनि आयुर्वेदमा यसलाई अमृत पनि भनिन्छ । जाडो मौसममा मह खानाले पाचन प्रणाली राम्रो सुधार देखिन्छ ।
सुन्तला, रसले भरिएका फलफुलहरुले तपाईको शरिरलाई फाइदा गर्दैन । यसले शरिरलाई चिसो बनाउने काम गर्छ ।
The post बदाम खानुका यस्ता छन् फाइदाहरु appeared first on Sajha Post.