एजेन्सी । धेरै यस्ता फलफुल छन् जसलाई खाँदा हामी स्वास्थ रहन सक्छौँ । त्यस्ता फलफुल मध्ये अनार पनि एक हो । अनार खानुका निकै फाईदा छन् त्यो हामी सबैलाई थाहा भएकै कुरा हो । तर, अनारको बोक्रा पनि निकै उपयोगि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।
भिटामिन युक्त अनारको बोक्राले छाला चम्किलो पार्ने मात्र होईन कैयौँ रोग पनि लाग्नबाट बचाउन सक्छ । महिनावारीको समयमा अत्यन्त पीडा भएमा यसको बोक्रालाई घाममा सुकाएर मसिनो बनाई पिसेर पानीमा घोलेर खानाले पीड, दुखाई कम हुनसक्छ ।
साथै, कपाललाई स्वस्थ बनाउन या चाँयाको समस्याबाट छुटकारा पाउन होस् तेलमा अनारको बोक्राको धूलो मिसाएर कपाललमा लगाउने र दुई घण्टापछि शेम्पोले नुहाउनाले त्यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
यतिमात्र मुटु रोगीका लागि पनि यो निकै उपयोगी छ । बोक्राको धूलो पानीमा मिसायर खानाले निकै फाईदा हुन्छ । अनुहारमा आउने डन्डिफोरमा पनि यसको लेप बनाएर लगाउनाले निकै फाईदा हुने देखिन्छ ।
The post अनारको बोक्राको पनि छन् यस्ता फाइदा appeared first on Sajha Post.