Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ यी उपाय अपनाउनुहोस्

$
0
0

के तपाईको कपाल झर्ने समस्या छ ? यदि यस्ता समस्याको समाधान खोज्दै हुनुहुन्छ भने जानिराख्नुहोस् यी उपाय ।
धेरै जस्ता उपायहरुले काम त गर्लान् तर तिनीहरुको साइड इफेक्ट झनै धेरै हुने भएकाले सबै उपायहरु दैनिक जीवनका लागि उपयुक्त हुँदैनन । त्यसैले आज हामी सबैका लागि उपयुक्त घरेलु उपायहरुका बारेमा जानकारी दिँदैछौँ ।

नरिवलको तेल
नरिवलको तेलले तपाईको कपाल झर्नबाट रोक्नुका साथै त्यसलाई नरम पनि बनाइदिन्छ । नरिवलको तेलमा पाइने फ्याट्स, मिनिरलस् र प्रोटीनहरुले कपाल भाँचिन बाट समेत जोगाउँछ । प्रशस्त मात्रामा पोटासियम र आइरन पाइने हुनाले पनि नरिवलको तेलले कपालको जरामा मसाज गरिरहने गर्यो भने थुप्रै फाइदा गराउन सक्छ ।

प्याजको रस
प्याजमा सल्फर प्रशस्त मात्रामा पाइने हुनाले त्यसले हाम्रो टाउकोको सेलमा कोलाजेनको उत्पादन बढाइदिन्छ जसले कपाल बढ्न मद्दत गर्छ । कपाल बढ्न मात्र नभएर झर्न पनि रोक्ने हुनाले प्याजलाई कपालका लागि धेरै फाइदाजनक मानिएको हो ।

लसुन
प्याज जस्तै लसुन पनि सल्फरको मात्रा बढी हुने भएकाले प्राचीन समयदेखि नै कपाललाई स्वस्थ राख्नका लागि यसको उपयोग गरिन्छ ।

हेना मेहेन्दी
हामीले मेहेन्दी कपाल कलर गर्न र नरम बनाउनका लागि मात्र प्रयोग गर्ने गरेका छौँ तर मेहेन्दीमा यस बाहेक अरु पनि थुप्रै प्रभावकारी गुणहरु हुन्छन् । यसलाई उचित तरिकाले प्रयोग गर्न सकियो भने यसले हाम्रो कपाललाई बलियो बनाउँछ । त्यसका लागि तोरीको तेलमा मेहेन्दीको पात मिसाएर तताउनुहोस् । त्यसपछि उक्त मिक्सचरलाई आफ्नो कपालको जरामा लगाएर मसाज गर्नुहोस् । अथवा मेहेन्दीलाई दहीमा मिसाएर कपालको जरामा लगायो भने पनि राम्रो परिणाम पाउन सकिन्छ ।

अमला
कपाल झर्नाले ठूलो समस्यामा परेका मानिसहरुका लागि सबैभन्दा उपयुक्त उपाय भनेकै अमला हो । अमलामा पाइने भिटामिन सी ले जस्तोसुकै बिग्रिएको कपाललाई पनि स्वस्थ बनाइदिन सक्छ । अमलालाई जसरी प्रयोग गरेर पनि यसको फाइदा लिन सकिन्छ ।

अन्डा
अन्डामा त्यस्ता तत्वहरु पाइन्छन् जसले कपाल झर्ने समस्याको अन्त्य गराउन सक्छ । सल्फर, फोस्फोरस, सेलेनियम, आयोडिन, जिङ्क र प्रोटिन जस्ता महत्वपूर्ण तत्वहरु भरपूर मात्रामा पाइने हुनाले यसको प्रयोगले कपाल चाँडै बढ्छ ।

 

The post कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ यी उपाय अपनाउनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles