एजेन्सी । पाउरोटी नखाने त हामीमध्ये कम नै छौ होला तर हामीलाई थाहा छैन कि पाउरोटी खादा पनि हाम्रो शरिरमा असर गरिरहेको छ भन्ने कुरा । दैनिक जीवनमा धेरै नै उपभोग हुने मैदाको पाउरोटी अर्थात ह्वाइट व्रेड स्वास्थ्यका लागि भने खतरनाक हुन सक्छ ।
हामीले सामान्यतया खाने पाउरोटीमा नुनको मात्रा अत्याधिक हुन्छ । हामीले बजारबाट किनेर वा सुपरमार्केटबाट लिएर सेवन गर्ने पाउरोटीमा नुनको मात्रा बढी हुन्छ । यसर्थ जति पाउरोटी कम खायो त्यति नै शरीरमा सोडियमको मात्रा कम हुन्छ । तर दिनको एक स्लाइस ब्रेडले भने खास हानी गर्दैन । घरमा पाउरोटी खाँदा नुनको मात्रा कम गरेर खानुस् ।
अन्य खानामा जस्तो सेतो पाउरोटीमा पोषक तत्व प्रयाप्त हुँदैन । मैदाबाट बनेको अर्थात ह्वाइट ब्रेडमा फाइवर नै हुदैन, अन्य तत्व नि खास महत्वपूर्ण हुँदैन खासमा यो पाउरोटीमा केही पनि महत्वपूर्ण हुँदैन भन्दा पनि हुन्छ । यद्यपी गहुँको पाउरोटी अर्थात ब्राउन ब्रेड भने राम्रो मानिन्छ ।
पाउरोटीमा हुने चिनीको मात्रा लगायत अन्य कुराले तपाइँको तौल बढाउने मात्र होइन स्वास्थ्यमा समेत हानी गर्न सक्छ । पाउरोटीमा पोषकतत्व कमि त हुन्छ नै तर यसलाई पूर्ण खानाकोरुपमा प्रयोग गर्न कठिन छ । खासगरी पाउरोटी खाएपछि पनि पेट नभरे जस्तो हुने हुँदा अरु खाना पनि खानु पर्ने हुन्छ ।।
The post मैदाको पाउरोटी स्वास्थ्यका लागि खतरनाक appeared first on Sajha Post.