Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

के तपाईलाई थाहा छ नीमपत्ताका यी फाइदा ?

$
0
0

neem

काठमाडौं । नीमलाई निकै उपयोगी विरुवाको रुपमा लिने गरिन्छ । यो औषधीको रुपमा पनि प्रयोग हुने गर्दछ । तर यसलाई प्रयोग गर्दा के के फाइदा हुन्छन् भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ । त्यसैले नीमपत्ताका यी फाइदाबारे जानी राखौंः

१. नीमको पातमा भिटामिन ‘सी’ पाइन्छ । भिटामिन ‘सी’ हाम्रो छालालाई नभई नहुने तत्व हो । यदि नीमपत्तालाई प्रयोग गर्ने हो भने डण्डिफोर आउने, छाला चाउरिने, छाला फुस्रो हुने तथा छालामा गिर्खा आउने जस्ता समस्याबाट मुक्त हुन सकिन्छ ।

२. टाइप २ मधुमेहका विरामीलाई नीमपत्ता निकै उपयोगी मानिन्छ । दैनिक नीमपत्ता प्रयोग गर्ने हो भने हाम्रो रगतमा भएको चिनीको मात्रा कम हुन्छ । यसबाहेक शरीरभित्र चिनी बन्ने राशायनिक प्रकृयालाई पनि नीमपत्ताले नियन्त्रण गर्दछ ।

३. खाना अपच हुने समस्याबाट पीडित मानिसलाई नीमपत्ता हीतकर मानिन्छ । यसबाहेक कब्जियतका विरामीका लागि पनि यो निकै उपयोगी औषधी हो ।

४. नीमपत्ताको वाफलाई दैनिक लिने हो भने दमको समस्या हट्छ । सिंगान बग्ने, सास फेर्न गाह्रो हुने, खोकी तथा रुघा लाग्ने समस्या पनि नीमपत्ता प्रयोग गर्दा निको हुन्छन् ।

५. धेरै मानिसलाई दाँत तथा गिँजासम्बन्धी विभिन्न समस्या हुने गर्दछन् । यदि नीमको डाँठले दाँत माझ्ने वा पातलाई चपाउने हो भने दाँत तथा गिजासम्बन्धी समस्या हट्छ ।

The post के तपाईलाई थाहा छ नीमपत्ताका यी फाइदा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images