Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

जापानी स्टारले बताइन् पोर्न फिल्मको सत्यतथ्य

$
0
0

एजेन्सी । जापानी पोर्न स्टार साकी कोजाईले स्क्रीनमा मानिसहरुलाई कामुक बनाउनका लागि पोर्न स्टारहरुका पीडा बयान गरेकी छन् । उनका अनुसार युवतीहरु आफ्नो इच्छाका कारण पनि पोर्न उद्योगमा प्रवेश गर्ने भएपनि आफू जबरजस्ती यस धन्दामा धकेलिएको बताइन् । जापानमा पोर्न फिल्मको एकदमै क्रेज छ । पोर्न कलाकारको अगाडि स्टार जोडिएर आएको हुन्छ । तर उनको जिन्दगीमा अन्धकार बाहेक केही आएन । न पोर्न उद्योगका युवतीलाई मानिसको रुपमा नै लिन्छन् ।

पोर्न फिल्महरुमा युवतीलाई उनीहरुको मर्जी विरुद्ध सेक्स गराइन्छ । यसलाई लिएर पोर्न उद्योगले बिना शर्त माफी समेत मागेको थियो । जापानमा प्राय: यस्ता एजेन्टहरु गिरफ्तार हुन्छन्, जो युवतीहरुलाई जबरजस्ती पोर्न फिल्म खेल्न लगाउँछन् । साकी जस्तै अन्य युवतीहरुलाई पनि लाग्ने गरेको हुन्छ कि उनीहरु मोडलिङ गर्न गइरहेका छन् तर चर्चाको भोकमा उनीहरुको सपना पूरा हुनुको सट्टा बनेका सपनाहरु समेत चक्नाचुर हुने गर्छन् ।

एक अर्की महिलाले बताइन् कि उनलाई पनि कसैले छलछाम गरेर यस काममा फसायो । एक एजेन्सीले उनलाई गायिका बनाउने प्रतिज्ञा गरेको थियो । कन्ट्याक्टमा साइन समेत भइसकेको थियो तर यथार्थमा उक्त कन्ट्रयाक्ट पोर्न फिल्मका लागि थियो । ३० वर्षिया साकी अब ति युवतीहरुमा सामेल भइन्, जो पोर्नको डरलाग्दो छाँयाबाट बाहिर आएर आवाज उठाइरहेकी छन् । जापानमा हरेक वर्ष ३० हजार पोर्न फिल्म बन्छन् । इन्टरनेटको युगमा पोर्न रोक लगाउन सकिन्न तर जुन प्रकारले साकी आफ्नो पछिल्लो एजेन्सीमाथि मुद्दा हाल्न गइरहेकी छन्, जुन स्वागत योग्य कदम हो ।

The post जापानी स्टारले बताइन् पोर्न फिल्मको सत्यतथ्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles