Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

एक हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

काठमाडौं, ८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा   एक हजार ४ सय ७६ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १५ हजार ६९० जनामा कोरोना परीक्षण गर्दा सो संख्याका थप संक्रमित पुष्टि भएको हो ।

पिसिआर विधिबाट १० हजार ५ सय ७५ जना र एन्टिजेनबाट ५११५ जनाको परीक्षण  गरिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा थप  एक हजार ५५० कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा  २० हजार २८७ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणकै कारण पछिल्लो २४ घण्टाको अवधिमा  ९ जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या  ११ हजार ८१ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३६४ जनामा कोरोना भाइरस संक्रमइ पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जना रहेका छन् ।

The post एक हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles