Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

 विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघ्यो

$
0
0

काठमाडाैं, ५ असोज ।  विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ५ हजार १ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङख्या ४७ लाख ११ हजार १ सय ९४ पुगेको छ ।

यस्तै कोरोनाका कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या २३ करोड नजिक पुगेको छ । गत २४ घन्टामा विश्वभर ३ लाख ९४ हजार ४ सय ४८ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या २२ करोड ९७ लाख ९५ हजार ४ सय ३ पुगेको छ ।

गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमितमध्ये ४ लाख ९० हजार ६ सय ९९ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २० करोड ६४ लाख ३४ हजार १ सय ६८ पुगेको छ । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८६ लाख ४८ हजार २ सय ९२ रहेको छ ।

The post  विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४७ लाख नाघ्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles