Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा सोमबारदेखि, यि हुन प्राथमिकतामा पर्नेहरु

$
0
0
फाइल फोटो

काठमाडाैं, २ असोज । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाईने भएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार भेरोसेलको दोस्रो मात्रा असोज ४ गतेदेखि ३ दिन  लगाइने भएको छ ।

खोप ४० वर्ष वा सोमाथि उमेर समूहका सबै नागरिक, विश्वविद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरिएका देशमा जाने नेपाली नागरिक र यसअघि भेरोसेल दोस्रो मात्रा लगाउन छुटेका व्यक्तिहरु प्राथमिकतामा परेका छन् ।

पहिलो मात्रा खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहित नम्बर ल्याएको आधारमा खोप दिइनेछ।

The post काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा सोमबारदेखि, यि हुन प्राथमिकतामा पर्नेहरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles