Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २१ साउन । नेपालमा बिहीबार थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ८७० पिसिआर परिक्षणका क्रममा ३ हजार ७ र ६ हजार ५ सय ३८ एन्टीजेन परिक्षणका क्रममा ९३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ८६० पुगेको छ । त्यस्तै कोरोनाका थप ३७ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण ९ हजार ९ सय ९४ जनाको मृत्यु भएको छ । त्यस्तै थप दुई हजार १२ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ६ लाख ६३ हजार ६६३ जना कोरोनामुक्त भएका छन् ।

हाल ३४ हजार ४२२ सक्रिय संक्रमित आइशोलेशन र ३७५ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३६ लाख ५६ हजार ३४२ वटा पिसिआर र ३ लाख ४३ हजार ३६१ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

The post कोरोना अपडेट : ३ हजार ९ सय ३८ जनामा संक्रमण पुष्टि, ३७ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles