Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

थप २९३६ जनामा कोरोना पुष्‍टि, ४३ को मृत्यु

$
0
0

काठमाडौं, १ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार १४ हजार १ सय ८२ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ९६१३ जनाको पिसिआर परीक्षणबाट २००६ जनामा संक्रमण पुष्टि भएको छ भने ४५६९ जनाको एन्टिजेन परीक्षणबाट ९३० जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७७५ जना संक्रमणमुक्त भएका छन् । यस्तै ४३ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५०६ पुगेको छ।

The post थप २९३६ जनामा कोरोना पुष्‍टि, ४३ को मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles