Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना अपडेट : थप २ हजार ३ सय ९८ जनामा संक्रमण  पुष्टि, १२ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २९ असार ।  नेपालमा कोरोनाका कारण थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ५८ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय ३९ र ३ हजार ९ सय ५४ एन्टीजेन परिक्षणका क्रममा ७५९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८ सय ५६ पुगेको छ ।

त्यस्तै थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । त्यस्तै थप २ हजार २८ संक्रमित निको हुँदा नेपालमा हालसम्म ६ लाख २३ हजार १०५ संक्रमित निको भएका छन् ।

हाल नेपालमा २६ हजार २६१ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ३० हजार २२२ वटा पिसिआर र २ लाख ४२ हजार ६२६ वटा एन्टीजेन परिक्षण गरिएको छ ।

 

The post कोरोना अपडेट : थप २ हजार ३ सय ९८ जनामा संक्रमण  पुष्टि, १२ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles