Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शुक्रबार थपिए २२३९ जना कोरोना संक्रमित, मृतकको संख्या ९ हजार ३४० पुग्यो

$
0
0

काठमाडौं, २५ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना र  एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १३१६ जना संक्रमणमुक्त भएसँगै  संक्रमणमुक्त हुनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ  । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ  ।

यस्तै सो अवधिमा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म ९ हजार ३४० जनाको मृत्यु भइसकेको छ ।

शुक्रबारसम्म नेपालमा २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

The post शुक्रबार थपिए २२३९ जना कोरोना संक्रमित, मृतकको संख्या ९ हजार ३४० पुग्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images