Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बुधबार थपिए २ हजार ९७९ संक्रमित, २८ जनाको मृत्यु

$
0
0

काठमाडाैं, २३ असार ।  नेपालमा  पछिल्लो २४ घन्टामा २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता  कृष्ण पाैडेलले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ८ सय ९८ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

पाैडेलका  अनुसार मुलुकभरमा ७८३५ जनाको पिसिआर परीक्षणबाट २०७७ जनामा संक्रमण पुष्टि भएको छ भने ४०६३ जनाको एन्टिजेन परीक्षणबाट ९०२ जनामा पुष्टि भएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा १३३३ जना संक्रमणमुक्त भएका छन् भने २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

The post बुधबार थपिए २ हजार ९७९ संक्रमित, २८ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles