काठमाडाैं, १८ असार । शुक्रबार काठमाडौं उपत्यकामा थप ४२८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा ३१६, ललितपुरमा ७८ र भक्तपुरमा ३४ जनामा संक्रमित पुष्टि भएको हो । काठमाडौं उपत्यकामा कुल ८ हजार १ सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
हाल काठमाडौंमा ५ हजार ४०, ललितपुरमा १ हजार ८२५ र भक्तपुरमा १ हजार २८३ सक्रिय संक्रमित रहेका छन् । शुक्रबार देशभर थप २ हजार २ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ५ सय ६६ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ३ सय ९१ जना र ४ हजार ३० एन्टीजेन परिक्षणका क्रममा थप ९०८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ९ हजार १ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ हजार ४ सय ५१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३ हजार ६ सय जना कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा २९ हजार २७४ सक्रिय संक्रमित आइशोलेशन र २९९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३३ लाख ५७ हजार ८२९ वटा पिसिआर र १ लाख ९६ हजार ६९६ वटा एन्टीजेन परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
The post काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४८ appeared first on Sajha Post.