Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

नेपाली राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना देखियो

$
0
0

काठमाडाैं, १७ असार । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी र अफिसियल गरि २० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु गर्नु अघि गरिएको कोरोना परिक्षणमा २० जना खेलाडी र अफिसियलमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको पुष्टि गर्दै कोरोना देखिएका खेलाडी र अफिसियल होम आईसोलेसनमा रहेको समेत जानकारी दिए । ठुलो संख्यामा खेलाडी र अफिसियलमा कोरोना सङ्क्रमण देखिएपछि एन्फाले बन्द प्रशिक्षण एक साताका लागि स्थगित गरेको छ ।

एन्फाले आजबाट टिममा बन्द प्रशिक्षण सुरु गर्ने बताएको थियो । अब टिमको बन्द प्रशिक्षण जुलाई ७ बाट सुरु हुनेछ । एन्फाले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएको छ ।

The post नेपाली राष्ट्रिय फुटबल टिमका २० जनामा कोरोना देखियो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles