काठमाडाैं, १६ असार । पछिल्लो २४ घण्टामा नेपालमा थप २८ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८९२ जनामा संक्रमण देखिएको हो । ११ हजार ५६८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।
यसअघि मंगलबार ११ हजार ७४८ जनामा परीक्षण गर्दा २६३६ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार भने मंगलबारको भन्दा केही कम परिक्षण भएको थियो ।
बुधबार ४१ जनाको मृत्यु भएको छ भने ३ हजार ५९७ जना निको भएको मन्त्रालयले जनाएको छ ।
The post पछिल्लो २४ घण्टामा २८ सय भन्दा बढीमा कोरोना संक्रमण appeared first on Sajha Post.