काठमाडौं, १५ असार । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो ।
निषेधाज्ञा खुकुलो भएसँगै सोमबारको तुलनामा मंगलबार झण्डै दुई सय जना बढीमा संक्रमण देखिएको छ । सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएको थियो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० पुगेको छ ।
The post मंगलबार थपिए २ हजार ६३६ कोरोना संक्रमित, २० जनाको मृत्यु appeared first on Sajha Post.