Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोभिड-१९ को उत्पत्ति विवाद: चीनले सुरुवाती नमुना लुकायो, नयाँ अध्ययनमा यस्तो दाबी

$
0
0

एजेन्सी, १३ आषाढ । हालै गरिएको एक अध्ययनले चीनमा सन् २०१९ को अक्टोबरदेखि नै कोभिड-१९ फैलिन सुरु भएको संभावना औल्याएको छ । अर्थात् नयाँ अध्ययन अनुसार कोरोना भाइरस सुरु भएको भनेर उपलब्ध गराइएको आधिकारिक मितिभन्दा दुई महिना पहिला नै भाइरस फैलिन सुरु गरेको थियो ।

बेलायतको केन्ट विश्वविद्यालय र चेक एकेडेमी अफ साइन्सेजका शोधकर्ताहरुले गरेको नयाँ अध्ययन पिएलओएस पैथोजन्स नामक पत्रिकामा प्रकाशित भएको छ । शोधकर्ताहरुले अप्टिमल लिनियर एस्टिमेटर मेथड अपनाएर गरेको अध्ययनबाट अक्टोबर २०१९ देखि मध्य नोभेम्बरबीचको अवधिमा कोभिड-१९ देखिएको थियो ।

शोधकर्ताले सन् २०१९ को नोभेम्बर १७ सम्ममा कोभिड-१९ व्यापक फैलिन सुरु गरेको र २०२० को जनवरीसम्ममा विश्वभर फैलिएको अनुमान गरेका छन् ।

चीनले दिएको आधिकारिक जानकारी अनुसार कोभिड-१९ को पहिलो केस डिसेम्बर २०१९ मा फेला परेको थियो । र उक्त केसको सम्बन्ध वुहानको हुआना सिफुड बजारसँग जोडिएको थियो ।

मार्चको अन्त्यतिर चीन र विश्व स्वास्थ्य संगठनद्वारा संयुक्त रुपमा गरिएको एक अध्ययनमा समेत वुहानभन्दा पहिला नै भाइरसले मानिसलाई छिटपुट रुपमा संक्रमण गरेको हुन सक्ने संभावना औंल्याएको थियो ।

यसै हप्ता छापिनुपूर्व अनौपचारिक रुपमा जारी भएको एक पेपरमा अमेरिकी शोधकर्ता जेस्सी ब्लुमले अमेरिकी सरकारको डाटाबेसबाट हटाइएको कोभिड-१९ का सुरुवाती केसको जेनेटिक अनुक्रमण (genomic sequencing) सम्बन्धी तथ्याङ्क पुन: फेला पारेका थिए । चिनियाँ अनुसन्धानकर्ताको अनुरोधमा सुरुवाती नमूना हटाइएको थियो ।

तर नयाँ अध्ययनमा गरिएको दाबीले वुहानको सिफुड बजारमा फैलिनुपूर्व नै कोरोना भाइरस अस्तित्वमा रहेको  हुन सक्ने आशंकालाई थप बल पुर्‍याएको छ । साथै, भाइरसका सुरुवाती नमुना हटाउने कार्यबाट चीनले कोभिड-१९ को उत्पत्तिलाई ढाकछोप गर्न खोजेको पनि प्रस्ट हुन्छ ।

The post कोभिड-१९ को उत्पत्ति विवाद: चीनले सुरुवाती नमुना लुकायो, नयाँ अध्ययनमा यस्तो दाबी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles