Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थपिए २२ सय ९७ जना संक्रमित, मृतकको संख्यामा पनि घट्यो

$
0
0

काठमाडाैं, ७ असार ।  नेपालमा सोमबार थप २२ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ५ सय ८३ वटा पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ एन्टीजेन परिक्षणका क्रममा ७१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ८ हजार ७ सय ७२ पुगेको छ । त्यस्तै थप ३ हजार १ सय ३० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५९ हजार ९ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल ५३ हजार ९४० सक्रिय संक्रमित आइशोलेशन र ४४२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म नेपालमा ३२ लाख ७५ हजार ८४९ वटा पिसिआर र १ लाख ४६ हजार ८८३ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।

 

The post सोमबार थपिए २२ सय ९७ जना संक्रमित, मृतकको संख्यामा पनि घट्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles