काठमाडौं, २ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल नेपालका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कुल १३ हजार २२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ५५८ पुगेको छ ।
यस्तै बुधबार थप ३ हजार ८२ जना कोरोनामुक्त भएका छन्। नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ । जसमध्ये ५७ हजार ८२६ जना होम आइसोलेसनमा र ४,३११ जना संस्थागत आइसोलेसनमा छन् ।
The post बुधबार थप २ हजार ८२८ जनामा संक्रमण पुष्टि, ५२ जनाको मृत्यु appeared first on Sajha Post.