Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

यसरी घटाउनुस् १५ दिनमा आफ्नो मोटोपनलाई

$
0
0

fat

काठमाडौं । शरीर मोटो भएपछि तपाईलाई विभिन्न खालका रोग लाग्दछन् । यतिमात्रै होइन, मोटेपनका कारण तपाईको व्यक्तित्वमा पनि नकरात्मक असर परिरहेको हुन्छ ।

यिनै कारण मोटोपनालाई घटाएर आफ्नो शरीरलाई स्लिम बनाउन मानिसले विभिन्न उपाय पनि अपनाएका हुन्छन् । तर केवल केही सामान्य उपायबाट १५ दिनमा कुनै हानीबिनानै शरीरको तौल कम गर्न सक्नुहुन्छ, कसरी ?

१. शरीरको तौल कम गर्नका लागि दिनभर थोरै थोरै पानी पिइराख्नुहोस् । यसो गर्दा शरीरमा इनर्जी बनिरहेको हुन्छ भने कमजोरी पनि महसुस हुँदैन ।

२. बजारमा पाइने फास्टफुडमा धेरै इनर्जी हुनेगर्दछ । यदि फास्टफुड खाने हो भने त्यो इनर्जी बोसोमा परिणत हुन्छ र हाम्रो शरीर मोटो बन्छ । मोटोपन घटाउन चाहनुहुन्छ भने भने यस प्रकारका फास्टफुडलाई टाढै राख्नुहोस् ।

३. स्टार्च वा चिनी बढी भएको चीज जस्तैः आलु, पापड, रोटी, भात तथा पास्टा खानाले शरीरमा अनावश्यक बोसो जम्मा हुन्छ । यी कुरालाई कम गर्नासाथ शरीरको तौल घटाउन तपाईलाई सजिलो हुन्छ ।

४. प्रोटिन बढी भएका खाना जस्तै दाल, अण्डा तथा मासु खाने हो भने शरीरमा बोसो कम उत्पादन हुन्छ ।

५. हरियो सागपात खानाले मोटोपन घटाउन सकिन्छ ।

६. मोटोपनलाई घटाउनका लागि शरीरलाई एकदिनमा कति क्यालोरी आवश्यक पर्छ भन्ने कुरालाई ध्यान दिनु जरुरी हुन्छ । यसो गर्दा चाहिने भन्दा बढी क्यालोरी पाइने चिजलाई आफ्नो आहारबाट हटाउन सजिलो हुन्छ ।

७. तौल घटाउने भनेर प्राय मानिसहरु खाना नै नखाने गर्दछन् जुन विल्कुल गलत कुरा हो । यसो गर्दा मोटोपन घट्दैन बरु शरीर थप मोटो हुन्छ । त्यसकारण खाना खान खानुहोस् र नियमित व्यायाम गर्नुहोस् ।

८. मानिसहरु खाएपछि हिड्ने गर्दछन् जुन गलत हो । यसको सट्टा खानु अगाडि नै हिड्नु राम्रो मानिन्छ । खाना खानु अगाडि हिड्दा शरीरमा भएको क्यालोरी सकिन्छ र पाचन प्रक्रियामा यसले मद्दत गर्दछ ।

९. यदि तपाई मोटोपन घटाउन चाहनुहुन्छ भने आफ्नो आहारलाई कम गर्नुहोस् । जस्तो कि ५ वटा रोटी खाने ठाउँमा ३ वटा मात्रै रोटी खानुहोस् । वा भातलाई पनि यही अनुपातमा घटाउनुहोस् ।

The post यसरी घटाउनुस् १५ दिनमा आफ्नो मोटोपनलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles