टाइफाइड भनेको के हो ?
टाइफाइड भनेको सालमोनेला टाइफी र प्याराटाइफी भन्ने जिवाणु वा ब्याकटेरियाको संक्रमणले हुने एक प्रकारको इन्फेकशन हो ।
यसलाई इनटेरिक फिभर पनि भनिन्छ किनभने यसको जिवाणुले मुख्य तया सुरुमा सानो आन्द्रामा इन्फेक्सन गर्छ । यस रोगबारे डाक्टर सुमन अधिकारीको सुझाव यस्तो रहेको छ ।
यो कसरी सर्छ ?
फोहोर खाना
दुषित पानी
सरसफाइको कमी
यसका लक्षणहरु
लक्षणहरु सामान्य तया फोहोर पानी वा खाना खाएको एक देखि तीन हप्ताभित्र देखिन्छ ।
धेरैजस्तो विरामीमा ज्वोरो र पेट दुखाइ देखिन्छ ।
रोग लागेको पहिलो हप्तामा काम ज्वोरो आउन थाल्छ
दोस्रो हप्तामा पेट दुख्ने तथा राता बिमिराहरु आउन सक्छ
तेस्रो हप्तामा शरिरको कलेजो र फियो सुनिने आन्द्रामा रगत बग्ने, आन्द्रामा प्वाल पर्ने र पेटमा इन्फेक्सन फैलिएर पेरिनोनाइटिस हुनसक्छ । त्यसपछि शरिरमा रक्तचाप कम हुने होस हराउने इत्यादि हुन सक्छ । अथवा बिरामीको ज्यानै जानसक्छ ।
यो रोगबाट बच्ने उपायहरु
व्यक्तिगत सरसफाइ
सफा खाना र पिउन योग्य पानीको प्रयोग
भ्याकसिनको प्रयोग (यसको प्रयोग टाइफाइट नभएका क्षेत्रबाट टाइफाइट बढी हुने क्षेत्रमा भ्रमण गर्न जाने व्यक्तिहरुका लागि र बढी जोखिममा रहेका व्यक्तिहरुका लागि सिमित छ
उपचार
एक हप्ता बराबरको ज्वोरो आएमा तुरुन्त चिकित्सकसँग जाँच गरी उचित औषधिको प्रयोग
The post टाइफाइड कसरी हुन्छ र यस रोगबाट बच्न के गर्ने ? appeared first on Sajha Post.