Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

४८ सय ९७ जना कोरोना संक्रमित थपिए,

$
0
0

काठमाडौं, १७ वैशाख । नेपालमा बितेको २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

१३ हजार ८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । यी संक्रमितमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।

यो अवधिमा १७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

The post ४८ सय ९७ जना कोरोना संक्रमित थपिए, appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles