Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोनाको गम्भीर लक्षण पनि नदेखिँदै फोक्सोमा गम्भीर समस्या, यी लक्षणहरू देखिए सचेत हुनुहोस्

$
0
0

पछिल्लो समय संसारका अधिकांश देशहरुमा कोरोनाको दोस्रो लहर चलिरहेको छ । चिकित्सकहरुका अनुसार नेपाल र भारतमा कोरोना संक्रमितहरुको फोक्सो बिगारिरहेको छ । कोरोनाले फोक्सोमा घातक हमला गरिरहेको छ । कोरोनाको लक्षण देखिनुभन्दा अगाडि नै मानिसको संक्रमितहरुको २५ प्रतिशतसम्म फोक्सो बिग्रिएको चिकित्सकहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार, कोभिड-१९ का कारण करिब ६० देखि ६५ प्रतिशत बिरामीलाई सामान्यतः श्वासप्रश्वासमा समस्या हुने देखिएको छ । उनीहरुको अक्सिजन लेभल तीव्ररुपमा घटिरहेको छ । कतिपय सन्दर्भमा त संक्रमित बिरामीहरुको अक्सिजन लेभल दुई-तीन दिनभित्रै ८० प्रतिशतसम्म तल झरिरहेको छ ।

यस्तो अवस्थामा तत्काल अक्सिजन नपाउँदा यस्ता बिरामीहरुको स्थिति अत्यधिक गम्भीर हुन्छ । फोक्सोमा गम्भीर असर परेको कारण सुरुवाती चरणमा पनि लक्षण देखिन्छन् । यी लक्षणहरु देखिनासाथ बिरामीको तत्काली एक्स-रे र सीटी स्क्यान गराएर फोक्सोको जाँच गर्नुपर्छ ।

फोक्सो बिग्रिइरहेको छ र कोरोनाले घातक हमला गरिरहेको अवस्थामा देखिने लक्षणबारे केही तथ्यहरु हेरौं-

श्वास फुल्नु– यदि श्वास फुल्ने समस्या छ वा श्वास फेर्न समस्या छ भने यसको अर्थ कोरोनाले फोक्सोमा समस्या पारिसकेको छ । यस्तो त्यतिबेला हुन्छ जब भाइरस तीव्ररुपमा शरीरमा फैलिइरहेको हुन्छ र अक्सिजन भएको रगत फोक्सोमा पुग्न रोकिरहेको हुन्छ । यसले शरीरमा अक्सिजनको कमि हुन थाल्छ । यो अवस्था खतरनाक हुन्छ । अत्यधिकरुपमा अक्सिजनको कमीले हाइपोक्सिया पनि हुनसक्छ ।

छातीमा पीडा- जब भाइरस श्वासप्रश्वास प्रणाली हुँदै फोक्सोसम्म पुग्छ जब श्वास फेर्न समस्या हुन्छ । फोक्सोको तल्लो भाग सुन्निने र शरीरमा अक्सिजन कमी हुनथाल्छ । यसकारण छातीमा पीडा महसुस हुनसक्छ र फोक्सो नराम्ररी प्रभावित हुनसक्छ ।

कोभिड निमोनिया- कोभिड निमोनिया बिरामीका लागि सबैभन्दा खतरनाक हुनसक्छ । यसले भाइरस संक्रमित व्यक्तिको फोक्सोको ढोकालाई ब्लक गर्दै रक्तसञ्चार अवरुद्ध गर्दछ । यसले हावा बग्ने एयरवेको लाइनमा अवरोध सिर्जना गर्छ । यसबाट श्वासप्रश्वास प्रवाहमा अवरोध हुन्छ । कतिपय अवस्थामा सुन्निने पनि हुन्छ । हालत त्यतिबेला झन खराब हुन्छ जब यो एयरलाइनिङ पार गरेर ग्यास विनिमय एकाइसम्म पुग्छ र इनफ्लेमेटरी सेलहरु फोक्सोमा आउन थाल्छ । यसबाट शरीरमा अक्सिजनको कमि हुनथाल्छ ।

तीव्र खोकी- खोकी कोरोना भाइरस संक्रमित व्यक्तिमा देखिने लक्षणहरुमध्येको एक प्रमुख लक्षण हो । यो भाइरसले शरीरको कयौं भागलाई सुन्याउने र रोक्ने गर्दा खोकी लाग्छ । कोरोनाको कारण लाग्ने खोकी छिटोछिटो हुन्छ र यसले गला र छातीमा पीडा पनि हुन्छ । यो सुख्खा खोकी हुन्छ ।

रगतको थेग्ला- कोरोना भाइरसले रक्तसञ्चार पनि प्रभावित गर्छ । यसैले ब्लड प्रेस बढ्न पनि सक्छ र रगतका थेग्लाहरु बन्न सक्छ । संक्रमण रगतको माध्यमबाट फैलन्छ र शरीरको कयौं भागमा सेलहरु पनि ध्वस्त बनाउँछ ।

कोरोनाको रिपोर्ट नेगेटिभ आउँदा पनि फोक्सोमा हमला भइरहेको हुन्छ
कोरोनाको नयाँ भेरियन्ट (डबल म्युटेन्ट, वा ट्रिपल म्युटेन्ट स्ट्रेन) का कारण संक्रमणको खतरा गहिरोगरी देखिन्छ । किनकी यसपटक यस्ता बिरामी पनि भेटिएका छन् जसमा लक्षण देखिँदा पनि कोरोना नेगेटिभ देखिएको छ । तर पनि सिटी स्क्यान गर्दा उसको फोक्सो बिग्रिएको पाइएको छ ।

कुनै लक्षण नहुँदा पनि कोरोना पोजेटिभ
त्यस्तै, यस्ता पनि बिरामी भेटिएका छन् जसको शरीरमा कुनै पनि लक्षण छैन तर उसलाई कोरोना भेटिएको छ । उनीहरुको सिटी स्क्यान गर्दा तापक्रम ३५ वा त्योभन्दा कम भएको संकेत देखिएको छ । यसको अर्थ यो हो कि बिरामी कोरोना पोजेटिभ छ ।

त्यस्तै, यदि सिटी स्क्यानको अंक २२ भन्दा कम छ भने उसलाई छिटोभन्दा छिटो अस्पताल भर्ना गर्नुपर्छ ।

२ देखि ३ दिनमै सामान्य लक्षण देखिएकाहरुको अवस्था दयनीय
भारतमा कोरोना संक्रमणको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार यसपटक सामान्य लक्षणका बावजुद पनि बिरामीको अवस्था २ देखि ३ दिनमै दयनीय बन्छ र फोक्सोमा घातक हमला भइसकेको हुन्छ । ४५ वर्षभन्दा बढी उमेरका मानिसहरुको फोक्सोमा बढी समस्या देखिएको छ । यसैले सामान्य लक्षण देखिँदा पनि तत्काल कोरोना परीक्षण गरिहाल्नुपर्छ ।

-भास्कर दैनिकको सहयोगमा

The post कोरोनाको गम्भीर लक्षण पनि नदेखिँदै फोक्सोमा गम्भीर समस्या, यी लक्षणहरू देखिए सचेत हुनुहोस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles